चामत्कारिक प्रदर्शन गर्दै गुजरात टाइटन्स आइपिएलको फाइनलमा 

चामत्कारिक प्रदर्शन गर्दै गुजरात टाइटन्स आइपिएलको फाइनलमा 

२०७९, जेठ ११ बुधवार

  • 1.1K
    SHARES

  • चामत्कारिक प्रदर्शन गर्दै गुजरात टाइटन्स आइपिएलको फाइनलमा 

    नयाँ दिल्ली । गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

    जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए । पाण्ड्याले २७ बलमा ५ चौका प्रहार गर्दै अविजित ४० रन बनाए । यसअघि शुभमन गिल र म्याथ्यु वेडले ३५-३५ रनको योगदान दिएका थिए ।

    यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । राजस्थान रोयल्सका लागि जोस बटलरले सर्वाधिक ८९ रन बनाए । बटलरले ५६ बलमा १२ चौका र दुई छक्का प्रहार गर्दै ८९ रन बनाए ।

    गुजरात टाइटन्सको टोली पहिलो पटक आइपिएलमा सहभागी भएको हो । तर, यो हारपछि राजस्थान रोयल्ससँग अझै एक मौका छ । उसले एलिमिनेटर राउन्डमा विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछन्। सन् २००८ को आइपिएलको पहिलो सिजनमा राजस्थान रोयल्सले उपाधि जितेको थियो । एलिमिनेटर राउण्डमा आज लखनउ र रोयल च्यालेञ्जर्स बैंग्लोर भिड्दैछन् । -एजेन्सी । 

    २०७९, जेठ ११ बुधवार०६:५३:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार