आइपिएल क्रिकेट : दोस्रो फाइनलिष्ट बन्न आज राजस्थान र बेङ्ग्लोर भिड्दै

आइपिएल क्रिकेट : दोस्रो फाइनलिष्ट बन्न आज राजस्थान र बेङ्ग्लोर भिड्दै

२०७९, जेठ १३ शुक्रवार

  • 1.2K
    SHARES

  • आइपिएल क्रिकेट : दोस्रो फाइनलिष्ट बन्न आज राजस्थान र बेङ्ग्लोर भिड्दै

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् ।

    खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ ।

    पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको नियम अनुसार राजस्थानले इलिमिनेटरको विजेता बेङ्ग्लोरसँग क्वालिफायर खेल्ने मौका पाएको हो ।

    बेङ्ग्लोर बुधवार राति भएको इलिमिनेटर रायण्डमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै क्वालिफायरमा पुगेको हो । फाइनल खेल आइतवार राति अहमदाबादमा हुनेछ ।

    २०७९, जेठ १३ शुक्रवार११:१७:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार