आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

२०७९, जेठ १५ आइतवार

  • 1.2K
    SHARES

  • आइपिएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

    काठमाडौँ । 'मूर्खहरुले खेल्ने, महामूर्खहरुले हेर्ने' चर्चित भनाइ रहने लोकप्रिय खेल मध्येको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

    उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

    खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

    पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा प्रवेश गरेको हो । 

    यसअघिका खेलमा राजस्थानलाई हराएको गुजरात उच्च मनोबलका साथ मैदानमा उत्रनेछ भने लयमा रहेका बटलर सहितका खेलाडीको टिम राजस्थान जितेर दोस्रो आइपिएलको उपाधि उठाउने दाउमा हुनेछ । गुजरात यस आइपिएलको नवप्रवेशी टिम हो । 

    २०७९, जेठ १५ आइतवार०९:४२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार