शिक्षा क्षेत्रमा अब्बल देखिँदै विट्स कलेज, उच्च शिक्षाका लागि विद्यार्थीको चाप

शिक्षा क्षेत्रमा अब्बल देखिँदै विट्स कलेज, उच्च शिक्षाका लागि विद्यार्थीको चाप

२०७९, श्रावण २ सोमवार

  • 5.8K
    SHARES

  • शिक्षा क्षेत्रमा अब्बल देखिँदै विट्स कलेज, उच्च शिक्षाका लागि विद्यार्थीको चाप

    काठमाडौं । उपत्यकाको पुर्व - उत्तर घनाबस्ती बौद्ध - जोरपाटी नजिकै रहेको विट्स मल्टिपल कलेजले शिक्षा छेत्रमा नयाँ फड्को मारेको छ । 

    शहर भित्रको कोलाहल, धुलो र धुवाँबाट मुक्त हुँदै आधुनिक संरचना सहितको खुल्ला मनोरम बातावरणमा पढ्न चाहने विद्यार्थीका लागि विट्स रोजाईमा पर्ने गरेको पाइएको छ । 

    cc.jpg

    शाँखु र सुन्दरीजल क्षेत्रबाट दौडेर चावहिल, वानेश्वर, महाराजगन्ज, बागबजार, डिल्लीबजार पुग्ने विद्यार्थीहरु बढ्दो प्रदुषण, कोलाहल र फोहोरबाट दिक्क मान्दै पढाइमा अब्बल हुनुका साथै मनोरम बातावरण सहितको पुर्वाधार सम्पन्न कलेजको खोजिमा देखिएका छन् । 

    आइतवार डिल्लीबजार, चावहिल र महाराजगन्ज क्षेत्रबाट समेत कलेज भिजिटमा विद्यार्थी आएकामा विट्सका प्राचार्य ज्ञान बहादुर श्रेष्ठ दंग देखिन्थे । काठमाडौं महानगरपालिका प्याव्सनका अध्यक्ष समेत रहेका श्रेष्ठले शिक्षा क्षेत्रबाटै २५ औँ बसन्त पार गरेका छन् ।

    ee.jpg

    शिक्षण पेशाको शुरुवात महेन्द्र बौद्ध माध्यमिक विद्यालयबाट गरेका श्रेष्ठ शैक्षिक, व्यवस्थापकिय र प्रशासनिक क्षेत्रमा अव्वल प्राचार्य मानिन्छन् । तिनचुले, भुवालडाँडा, आरुवारी, गोकर्ण, मूलपानी लगाएतका स्थानबाट साथीभाईको आग्रहमा निजी विद्यालय संचालनमा जुटेका श्रेष्ठ पुर्व -उत्तर भैगकै नमुना कलेजको रुपमा विट्स देखिँदा आफुलाई सन्तुष्टि मिल्ने गरेको बताउँछन् । 

    करिब ८ रोपनी क्षेत्रफलमा फराकिलो खेल मैदान, सुन्दर बगैँचा, आधुनिक भवन, कक्षाकोठा, आधुनिक कम्प्युटर प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला लगाएतले कलेज पुर्वाधारमा सम्पन्न कलेजको रुपमा बुझिने गरेको स्थानिय बसन्त लामा बताउँछन् ।

    dd.jpg

    हाल विद्यालयदेखि कलेज तह सम्म करिव १२ सय विद्यार्थी अध्ययनरत रहेका प्राचार्य श्रेष्ठको भनाई छ । विद्यालय तहमा शत प्रतिशत एवं क्याम्पस तहमा ९० प्रतिशत भन्दा बढि विद्यार्थीले पहिलो चरणमै पास गर्ने गरेका छन् भने कलेज पासै नगर्ने संख्या न्युन रहेको उनले बताए ।

    त्यस्तै, आर्थिक अभावमा विचैमा पढाई छोड्ने विद्यार्थीलाई विभिन्न छात्रवृत्ति कोटाबाट लाभान्वित तुल्याइएको पनि श्रेष्ठको भनाई छ ।

    कक्षा ११ - १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्यापन गराईरहेको विट्समा स्नातक तहमा भने बिबिएस तहको पढाई हुने गरेको छ । 

    ff.jpgii.jpgbb.jpggg.jpg

    २०७९, श्रावण २ सोमवार१०:२५:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार