सत्य तितो र अप्रिय लागे पनि यथार्थ ओकल्नु बाध्यता बनेको छ । नेपाली जनता महान छन् । उनिहरुको चोखो र पवित्र भावनाको दुरुपयोग कसैले गरेको छ भने त्यो अवसरवादी र स्वार्थी नेतृत्वको कारणले भएको छ । नेपालमा जनअधिकार प्राप्तिको राजनीतिक आन्दोलनको बिजारोपणको इतिहास केलाउने हो भने सतक नजिक पुगेका छन् । नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टिको जन्म पत्रिका पल्टाउदा खासै अन्तर छैनन् ।
नेपालमा भएका राजनितिक आन्दोलनको सफलताको पछाडि तिनै महान जनता र कार्यकर्ताको सफलता लुकेको छ । आजका दिन सम्म आउँदा नेपालका कतिपय दलहहरुले त्यसको सही मुल्यांङ्कन गर्न चुकेका हुन वा नचाहेका हुन त्यो विश्लेषण गर्ने काम विश्लेशकहरुको विषय हो । असफताको पछाडि नेताको ट्याग लगाएका छद्मरुपी स्वार्थी र अवसरवादी दलालहरु स्वदेशी जनताको लागि भन्दा पनि विदेशी मालिककै हितको खातिर काम गरेको पाईन्छ ।
पार्टिको कार्यक्रम र घोषणा सहित राजनीतिक पार्टिको रुपमा नेतृत्व स्थापित गर्न र गराउनमा नेपाली जनता र कार्यकर्ताको अहम भुमिका रहेको छ । नेपालमा २००७, २०४६ र २०६२/६३ को जनआन्दोलनहरु नेता र नेतृत्वको सफल कार्यकुशलतामा मात्रै नभएर साहसी र सक्षम कार्यकर्ताको भुमिकामा सफलता लुकेका छन् ।
हरेक समयका आन्दोलनका कालखण्डहरुलाई केलाउने हो भने नाकावधारी अवसरवादीहरुको कारणले मात्रै यहाँको आन्दोलन कमजोर भएको छ । त्यो पनि निस्वार्थी जनता र सक्षम कार्यकताको सफलतालाई असफल नेता र नेतृत्वको स्वार्थी र अवसरवादी चरित्र नै दोषी रहेको पाउन सकिन्छ ।
क) पटकपटक आन्दोलन पछाडि पर्नुको कारण के होला ?
आन्दोलन कार्यकर्ता र जनताको बलमा भएको हुन्छ । नेतृत्वले आफ्नो विचार कार्यकर्तामा राख्छ र त्यही कार्यकर्ताले त्यो विषयको आवस्यकता र औचित्य जनतामा पुर्याई सम्वाद र सुसूचित गराए पछि नै त्यसले आकार ग्रहण गरेर जनआन्दोलनहरु सफलतामा पुगेका छन् । जब आन्दोलन सफलतामा पुग्दछ र त्यसको संयोजन र नेतृत्वको काम सानो घेराबाट संचालन हुन थाल्दछ, त्यस पछि नै असफलताको खुट्किलाहरुको काउन्टडाउन सुरु भएको पाईन्छ ।
त्यो हुनुको पछाडि पनि कारणहरु रहेका छन् । ति कारण हुन् आन्दोलन नै पराईको हित र स्वार्थका लागि हुनु र देशको समृद्धिको लागि राजनीतिक–आर्थिक कार्यक्रमहरु कहिल्यै दिगो रुपमा विस्तार नहुनु, अरुले गरेका राम्रा र असल कामको अनुकरणमा भन्दा असफलता र विध्वंस वा विघटनमा मात्र भविष्य खोज्नु, अवसरवादी चरित्र र नातावाद कृपावादका साथमा भक्तहरुको खोजी गरेर भगवान बन्ने सपना देख्ने महान भुल र पुगेपछि कुर्सी केन्द्रित राजनीति नै असफलताका मुल कारणहरु हुन् ।
यसैलाई नै विपी कोईरालाले भन्नु भएको छ “आन्दोलनको समयको नेतृत्व सक्षम र निस्वार्थी नेतृत्वले गरेको हुन्छ, जव आन्दोलन सफल हुन्छ तब नेतृत्वमा सुकिलामुकिला र नवधनाड्य अवसरवादीहरुको पहँचमा पार्टिमा प्रवेश गरेर नेतृत्व तहमा कब्जा जमाउनेछन् र नै आन्दोलको उद्देस्य र मर्म विपरित जनभावना विपरित कमजोरी आउनेछन् ।
वास्तवमा कति यथार्थ र पारदर्शी विश्लेषण बिपीको । आन्दोलनमा भिड्ने मर्ने मार्ने र मारिनेहरु, जेलनेल भोगेकाहरु र भुमिगतमा रहेर कठोर परिश्रमका साथ काम गरेकाहरुलाई विभिन्न बहानामा किनारा लगाउने काम भएका छन् । एउटा सानो उदारणीय रिपोर्टलाई अध्ययन गर्ने हो भने २०४६ सालको जनआन्दोलन अगाडि सम्म भुमिगत कालमा नेकपा माले पार्टिको कार्यकर्ता र नेतृत्वको भुमिकामा ६२ जिल्लाहरुमा भुमिगत रुपमा झापालीहरु रहेको तथ्यांङ्कमा सुनिएको थियो । तिनको सुजबुझपूर्ण नेतृत्वमा जनआन्दोलन सफल भयो ।
त्यस पछि स्वत: नेतृत्व तहबाट विस्थापन भयो । जहाँ वैचारिक नेतृत्वलाई विस्थापन गरिन्छ त्यस पछि नै असफल र असक्षमतामा रुपान्तरित हुन पुग्छन् कमिटि र कार्यकर्ताहरु । के उद्देष्यले आन्दोलनको उठान भएको थियो र त्यसको बैठानको दायित्वबाट उनिहरुलाई क्रमशः अनेक बहानामा बन्चित गरिए पछि त्यसको परिणाममा प्रभाव परिनै हाल्दछ । नेतृत्व जहिले पनि त्यही अवसरवादमा रमायो । सामदाम दण्डभेदधारीलाई पार्टिमा प्रवेश गराईयो । अवसरवादलाई प्राथकितामा राखेर काम गरेपछि परिणामको प्रकृतिमा असफलता हात पर्नु त्यसकै परिणाम हो ।
परिणाम पछि त्यसको दोष धर्तीमाता सरहका जनता र कार्यकर्तामा खोट खोज्न सुरु गरेको पाइन्छ । आन्दोलन असफलताको पछाडिको मुल कारण नै नेतृत्वको स्वार्थी गुटपरस्त धारणा जिम्मेवार रहेको छ । नेकपा एमालेको गत स्थानीय तहको निर्वाचनको परिणाम राजनीतिक वर्ग चिन्तनविहीनताको उपजको परिणति हो । त्यसको अन्त्य गर्दै देशलुट गठबन्धन विरुद्धमा नयाँ सक्षम र सफल योग्य अनुहारहरु उमेददारीको सिफारिसका लागि नेतृत्वको नजरमा पर्नु पर्दछ ।
ख) के पार्टिले आगामी निर्वाचनमा पुनः सरकार बनाउने सफलता पाउन सक्तैन ?
सक्छ, अवश्य पनि सक्छ । जनता र देशका लागि बुद्धि पु¥याउने एकमात्रै राजनीतिक पार्टि नेकपा एमाले हो । देशको भिजन भएको पार्टि मात्रै एमाले हो । यो देशमा कुनै पनि राजनीतिक दलहरुले गर्न नसकेको राजनीतिक, सामाजिक –आर्थिक कार्यक्रमको सफल नेतृत्व र विकासको काम पनि यही पार्टिले मात्र गर्न सक्ने रहेछ भन्ने धेरै उदाहरणहरुको परिणामहरु खोज्न कतै जानु पर्दैन, २०५१ साल अघि र २०५१ साल पछिको नेपालको आ आफ्नैँ गाउँघरमा बाटाघाटा, स्कूल, पार्टि पौवा लगाायतलाई अध्ययन गरे पुगि हाल्दछ ।
नेपालको सफल राजनैतिक नेतृत्व गर्ने काम र त्यसको सफल नेतृत्व पनि यही पार्टिले गरेको छ र अब पनि गर्न सक्नेछ । अब आगामी मंसिर ४ पछि पनि एमालेले नै बहुमतको सरकार चलाउने हो भनेर उमेद्वार छनोट नै मुल आधार हो । देउवाको धैर्यता रहेको भए प्रतिपक्ष भनेकै वेटिंङ्ग सरकार हो भनेर बुझ्नु पर्ने हो । भोका जुका जस्ता नेता र नेतृत्वले न देश चलाउन सके न त अरुलाई दिए । असहिष्णु संस्कृतिको सधैभरि शिकार भएको छ नेपाली राजनीति । त्यसका लागि पनि नेतृत्वको असक्षम दोषी चश्मा भने बदल्नु जरुरी रहेको छ ।
सफल गन्तब्यको सफलता पछाडि कुशल ड्राइभर वा पाईलटको आवश्यकता हुन्छ । वर्तमान नेतृत्वमा एमालेमा रहेका कैयौं स्वार्थी र अवसरवादीहरुबाट अमर लामाहरुलाई गाडि हाँक्ने जिम्मा दिएर त्यसको दोष हेड क्वाटर, तलका कार्यकर्ता र जनतामा थोपरेर पार्टि अध्यक्ष समक्ष गलत रिपोर्ट पेश गरेर पानी माथिको ओभानो हुने अवस्थामा रहेका छन् । यस समयमा पार्टिको हेड क्वाटरलाई बिना हिच्किचावट भन्नु पर्दछ आगामी निर्वाचनमा अमरेहरुले नै टिकट दिलाउन सिफारिस गरेमा वा टिकट पाएमा यो पार्टिको भविष्यको आँकलन गर्न कठिनाई हुनेछ ।
तर त्यो नभई वत्र्तमान परिस्थितिमा सुधार भई २०४६/४७ अघिका पार्टिको सक्षम नेतृत्व सो पछि २०४३/४४ सालका जनपक्ष समयका २०४९ देखिन २०५९ सम्म जनप्रतिनीधिहरु मध्येबाट पनि सक्षम योग्यलाई र त्यो पनि नभए पार्टिको बिभिन्न तहमा रहेर काम गरेकाहरु मध्येबाट जनप्रभावित, सक्षम, योग्य र क्षमता भएका पूर्व प्राप्त भुमिकालाई सफलिभुत बनाएका र बढि कार्यकर्ता बिचमा स्थापित विचार प्रबाह निर्वाह गरेर राजनीतिक र सामाजिक काममा जनअनुमोदित भएर सफलताको सक्षम बाटो पार गरेका किशेन्द्र शाहीहरु जस्ता पाईलटलाई चिनेर नेतृत्वमा ल्याउने पहिचानको खुवी हेडक्वाटरले राख्न सक्नु पर्दछ । नेतृत्वको वरिपरी घुमेर गणेश प्रवृति भएका र गनगनेहरु जताबाट पनि सेवासुविधाहरु कुम्ल्याउन चाहने सुकिलामुकिला टिपटप अमरेहरु र झुत्रेझाम्रे किशेन्द्र शाहीहरु एउटै हुन सक्तैनन् ।
पार्टि हेडक्वाटरले ध्यान दिनु पर्ने विषय अर्को पनि रहेको छ । त्यो हो छोराले बाबुको सही मुल्यांङ्कन कहिल्यै पनि गर्न सक्तैन, यदि बाबुको मुल्यांङ्कनको जिम्मेवारी दिने हो भने त्यसको पनि बाबु वा आमालाई दिएर मात्रै सहि मुल्यांकनको परिणाम आउनेछ । जीवन भरमा कुनै पनि तहको समेत जनमतमा असफलता भोगेकाहरुले जनअनुमोदित भएकाहरुको सफल र सक्षम हुने जनप्रतिनिधिहरुको सिफारिस गरेर निर्वाचन परिणाम गुलियो र रसिलो आउला भनेर परिणामको अपेक्षा गर्नु अर्को महाभूल हुन सक्तछ ।
पार्टिमा लागेका ईमान्दार कार्यकर्तालाई करोडौं रकमको डिमाण्ड आतंङ्गको हाउगुजीे पछाडिको रहस्य, र निर्वाचनमा धनवाद र डनवादको पक्षधरताले नेपाली राजनीतिको सफलता चुम्ने सपनाको पछाडि नै गम्भीर रहस्य लुकेको छ । झापाको कैयौ स्थानको स्थानीय तहको निर्वाचन २०७९ को परिणाममा यसको अनुहार टड्कारो देख्न सकिन्छ । असफतालाई सफल बनाउने र सफलतालाई असफल बनाउने खेल हामी भित्रको गलत चिन्तन र व्यवहारको परिणाम हो ।
के २०४८ सालमा भएको संसदको निर्वाचनमा धनवादी र डनवादीले गर्दा मेची अंचल चार जिल्ला, एमालेको लाल किल्ला बनेको हो त ? होइन, राजनीतिमा इमान्दारिता, साहस, निस्वार्थता र कत्र्तब्य निष्ठताको आवश्यकता पर्दछ । नेपालका राजनीतिक दलहरmले जनमतको खरिदबिक्रीको सपना देख्ने काम नै अत्यन्त गलत रहेको छ । धनवाद नै प्रमुख हुन्थ्यो भने मोहनलाल अग्रवाल, नरेन्द्र खनाल, गोपाल चन्द्रसिहहरुका अगाडि द्रोणाचार्यहरु उदाउने थिएनन् ।
शरदचन्द्र शाहहरु र भिमे गौचनहरुका अगाडि जागृत र प्यासीहरु जन्मने थिएनन् । जातियता र लिङ्गियताको चिन्तनले पद्मरत्नहरु पद्मरत्न हुने थिएनन् । यो लेखकले चारवर्ष अगाडि नै सरकार र पार्टिको ट्रयाक क्लियर नहँदा बालेन, साम्पांङ्ग र हमालहरु जनताले जन्माउने संकेत नेतृत्व तहमा गरिसकेको थिए,जो आज सत्य सावित भएको छ । म फेरी पनि भन्दछु दोषको भारी अर्कालाई बोकाएर सफलाको शिखर चढ्न सकिदैन।
सफलताको शिखर चुम्ने हो भने असफलताको पछाडि मुख्यरुपमा रहेका आफ्नैँ कमिकमजोरीहरु लुकेका हुनसक्छन्, त्यसको सहि पहिचान नभए सम्म कहिल्यै पनि लक्ष्यमा पुग्न चुकिरहनु पर्ने हुन्छ । ति निस्वार्थ चक्षुले दृष्यावलोकनको र अवलोकनको आबश्यकता मात्रै रहेको हुन्छ भन्ने लेखकीय ठहर छ ।
ग) कसरी बनाउन सकिएला आगामी निर्वाचनबाट एमालेको पुनःसफल सरकार ?
वर्तमान गठबन्धन देशद्रोही र विकास बिरोधि मात्रै नभएर यो विदेशीहरुको नेपाली एजेण्ट हो । यसले देशको साख बोक्न सक्ने क्षमता राख्तैन । यो भ्रष्ट र गन्तव्यहीन पातकी अवसरवादीहरुको गठबन्धन हो । यसले देश र जनताको लागि रत्तिभर पनि काम गर्न यसको जन्म भएको होइन भन्ने जगजाहेर भएको विषय हो । यसलाई किन ल्याईएको थियो र यसलाई अझै पालेमा भविष्यमा देशले के कस्ता हर्कत व्यहोर्नु पर्ला भन्न अब गाह्रो छैन ।
केपी ओली सरकारले प्रतिगमन गर्यो भनेर आरोप लगाउने काम कागले आफ्नो नाम आफै भनेको जस्तै हो । एमसीसी, एस्पीपी, नागरिकता विधेयक नै यसका काफि उदाहरणहरु हुन् । यसलाई यो निर्वाचन पछि विस्थापन गर्नु फलामको चिउरा चपाउनु सरहनै हुनेछ । तर कसरी सम्भव गर्न सकिएला त पारलगाउने काम नै मुल विषय हो । हरेक नेतृत्वको असफलता पछाडिको बिजय र सफलता जनतामा अन्तर नीहित रहेको हुन्छ भन्ने कुरा हामीले विर्सनु हुदैन ।
जनता जहिले पनि अग्रगमनको पक्षमा रहेर आमुल परिवर्तन चाहन्छन् भने नेतृत्व पश्चगमनको आफ्नो निहित स्वार्थमा चुर्लुम्म भएका कारणले जनताले दलको साथ छोडेका उदाहरणहरु छन् । एउटा नेतृत्व सँग भड्केको जनता अर्को सक्षम र सफल परिचित नेतृत्व पाएमा अझै पनि वलिदान गर्न तयार रहेको हुन्छ । यो एउटा विशेष खुवी र क्षमताको आवश्यकता पर्दछ । जो वर्तमान हेडक्वाटरको सारथीहरुको भरमा मात्रै यो सम्भावना खोज्न सकिदैन ।
त्यसका लागि त असम्भव लाग्ने बोल्ड राजनीतिक निर्णयको खाँचो पर्दछ । त्यो क्षमता पार्टिका श्रद्धेय अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अन्तर निहित रहेको छ । जसका लागि निम्न बुँदागत सुझाव राख्दछु । जसले साझा प्रकाशनको महाप्रवन्धकमा मेरो सिफारिस हुँदा मलाई असक्षम देखेका थिए तिनलाई मेरो सफलता कहाँ रहेको रहेछ, के मा लुकेको रहेछ भन्ने अनुभूति गराएको छु ।
मैले अरु केही समय पाएको भए त्यसको फोहोर आजको भन्दा सफा हुने थियो । नेकपा एमालेको आगामी २०७९ मंसिर ४ गते पछाडि देश हाँक्न सक्ने सरकार बनाउने र प्रतिगमनकारी गठबन्धन परास्त गर्ने हो भने तपसिलका विचार अग्नायेस्त्र पनि हुन सक्तछन् भन्ने मेरो ठहर छ ।
१) यो सत्य हो विगतमा सांसदको टिकट पाएर जितेका वा हारेका जो भए पनि तिनैलाई हेडक्वाटरका ईमान्दार योग्य र सक्षम, भ्रष्टाचारबाट मुक्त रहेका आर्थिक चलखेलमा नफसेकाहरु मध्ये भित्रबाट पार्टिको प्राकृतिक नेतृत्वको गतिशीलताको लागि मात्र दश (१०) प्रतिशतमा नबढाउने गरी टिकट दिने र अन्य पार्टिका सबै नेतृत्वले मैदानमा बसेर मातहतलाई परिचालन गर्ने, उपत्यकाको बसाई सबैले सकेसम्म चाँडो भन्दा चाँडोे परित्याग गरि मंसिरको पहिलो हप्ता पछि परिणाम सहित फर्किने आआफ्ना निर्वाचन क्षेत्रहरुमा जाने र नेतृत्वको बिचमा होइन जनसाधारणको साथमा उनिहरु सँगै सहकार्यमा जुट्ने जुटाउने काम गर्ने । नयाँ र निस्कलंकित नेतृत्वहरुलाई जनताको बिचमा स्थापित गर्ने ।
२) विगतमा नेकपा माले र एमाले कालमा राजनीतिक र सामाजिक कामको सफल नेतृत्व गरेका सक्षम पार्टिका नेता र जनप्रतिनीधिहरु, पार्टिकाममा महत्वपूर्ण काम गरेका योगदाताहरु मध्येबाट चालिस देखिन् पचास प्रतिशतलाई टिकट बितरण गर्ने, जसका कारणले “लेमेन”ले पनि राजनीतिमा सामाजिक न्यायको महसुस गर्न सकोस र मेरो वर्गिय प्रतिनिधित्व भएको छ भनेर पनि आत्मबोध महसुस गरोस्, निर्वाचनमा ज्यूज्यान दिएर परिचालन रहोस ।
३) बाँकी चालिस प्रतिशत माथि महिला र सिमान्तकृत वर्गबाट छानियोस र टिकट दिईयोस् । त्यस भित्रमा पनि दश प्रतिशत बौद्धिक र विषय विशेषज्ञता र दश प्रतिशत जाती भुगोल धर्म संस्कृति भित्र रहेर नयाँनयाँ अनुहारको प्रवेशका लागि गरिएको साहसिक निर्णयले एमालेमा नयाँ रक्त संचार हुनेछ र जनतामा भएको सबै निरासाको अन्त्य हुन गई आगामि दिनमा अख्तियार गरिने प्रतिवद्धताको पनि सार्वजनिकीकरण गरिनु पर्दछ ।
नब्बे प्रतिशत निस्कलंकित अनुहारहरु जनतामा जाने वातावरण बनेमा पार्टिको विजयलाई कसैले पनि एमालेको सरकार बनाउने काममा रोक्न सक्तैन । राजनीतिक व्यक्तित्वहरु पनि बाँच्नु पर्दछ, तर वर्तमान परिस्थितिको व्यापारिक मानसिकताबाट पार्टिलाई मुक्त गर्न सकिएन भने धेरै केसरजंगहरुको जन्म भईरहने र पुस्पलालहरु निरन्तर किनारामा पुर्याइने कामले न देश बन्नेछ न त पार्टिको सक्षमताले जननिरासामा क्लिक गर्नेछ ।
त्यसैकारण पार्टिको पुनः निर्माण र विकासको लागि एक ऐतिहासिक साहसिक दुरदर्शी राजनीतिक निर्णयको खाँचो रहेको छ । त्यस पछि बन्नेछ आरामले एमालेको पुःन बहुमतको सरकार । यसका लागि मेरा होईन हाम्राको अभियानको खाँचो छ । के यो विचार नेतृत्व तहमा रहेकाहरुलाई सुपाच्य रहला ? हेरौ भविष्यले नै यसलाई बताउनेछ, नेकपा एमालेको सुदृढिकरण र विकास वा विनास । सबैलाई चेतना भया ।