विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनको माग

विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनको माग

२०७९, भाद्र १२ आइतवार

  • 4.4K
    SHARES

  • विद्यालय कर्मचारीको माग तत्काल सम्बोधन गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनको माग

    काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको तलव, ज्यालामा भएको विभेदलाई लिएर नेपाल विद्यालय कर्मचारी परिषद विद्यालयनै ठप्प पार्ने आन्दोलनमा उत्रिएको छ ।

    परिषदले भाद्र ५ गते देखि आन्दोलनका कार्यक्रम संचालन गर्दै आएकोमा आजबाट भाद्र १८ गते सम्म देशैभरका सार्वजनिक विद्यालय बन्दको घोषणालाई मुलुककै जेठो शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनले समेत ऐक्यवद्धता जनाएको छ ।

    विद्यालय कर्मचारीले श्रमऐनले तोकेअनुसारको अदक्ष ज्यामीहरुले पाउने ज्याला सुविधा पनि नपाएकोमा नेपाल सरकार मौन देखिएको आरोप समेत संगठनले लगाएको छ । नेपाल सरकार र शिक्षक महासंघले विगतमा गरेका सहमतिका बारेमा मन्त्रालय अनविज्ञ रहेको समेत संगठनको ठहर छ । 

    संगठनका महासचिव हंश वहादुर शाहिले एक विज्ञप्ति जारी गर्दै विद्यालय वन्द जस्तो संवेदनशिल मामिलालाई मनन् गर्दै सम्बन्धित पक्षसँग वार्ताका माध्यमद्धारा तत्काल माग पूरा गर्न गराउन नेतृत्वदायी भूमिकाका लागि नेपाल शिक्षक महासंघलाई पुन: ध्यानाकर्षण समेत गराएका छन् ।  

    bigyapti-1.jpg

    २०७९, भाद्र १२ आइतवार१२:०४:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार