बिद्यार्थी पढाई र मोवाइल फोविया

बिद्यार्थी पढाई र मोवाइल फोविया

२०७९, माघ १८ बुधवार

  • 11.4K
    SHARES

  • बिद्यार्थी पढाई र मोवाइल फोविया

    शिक्षकहरु भन्नुहुन्छ हिजो आज विद्यार्थीहरु पढदै पढदैनन् । अभिभावकहरु पनि भन्नुहुन्छ हाम्रा नानीबाबुहरु घरमा पढ्दै पढदैनन् । घरमा आउनासाथ मोवाइल मागिहाल्छन् । अनि अनलाइन गेम, पपजी, फ्रि फायर के के गेम खेल्ने , खाली मोवाइलमा मात्र व्यस्त भए । धेरै मोवाइल नचलाऊ भन्यो भने, गाली गर्यो भने स्कुलको होमवर्क गर्दैछु भन्छन् । रातभर मोवाइल चलाउछन् । नचाहिदो अनावश्यक साइटहरु हेर्ने संख्या बढ्दो छ ।

    मोवाइलको बढ्दो प्रयोगको प्रभावले केटाकेटीहरुमा झनक्क रिसाउने, झर्कने, निहुं खेज्ने, एकांकी, झगडालु स्वभाव देखाएको गुनासो गर्छन ।अभिभावकहरु बिद्यालयमा आइ मोवाइल २४ औ घण्टा चलाउने यो कस्तो पढाई हो भनेर स्वयम् अभिभावकहरु नै शिक्षक समक्ष गुनासो गर्नुहुन्छ शिक्षक बिद्यालय प्रशासक संग । विद्यालयमा पढ्ने बालबालिकाहरुको मोवाइल फोबियाले हिजो आज सबै बिद्यालयहरुमा यस्तै समस्या देखिएको बताउछन् शिक्षकहरु ।

    मोवाइलका कारण बालबालिकाहरु न बिद्यालय न घर कतै अध्ययन नगर्ने र विद्यालयमा भएका विभिन्न परीक्षाको नतिजाले पनि त्यस्तै नतिजा देखाएको छ । यो नतिजा विद्यालय तह मात्र हैन माथिल्लो तहमा पनि देखिएको छ । हिजो आज मोवाइलका कारण केटाकेटीहरुको दिनहुं पढ्ने बानीको ह्रास हुदै आएको छ । यसबाट अभिभावक चिन्तित भएका छन् ।

    विद्यार्थीको मनोबिज्ञान :- यो विषय सत्य हो । कोभिडका कारण विद्यालयहरु विगतका वर्षहरु पठन पाठन ठप्प भए । सहज पठन पाठनको वातावरण भएन । कोभिडका कारण कतै अनलाइन र केही स्थानमा विद्यार्थीको भौतिक उपस्थितिमा पठन पाठन गरियो । कतै पालो मिलाएर पाठ्य सामाग्री शिक्षकले तयार गरेर विद्यार्थीहरुलाई उपस्थित गराई उपलव्ध गराए । कतै घर टोल टोलमा जम्मा गरेर पढाइयो । रेडियो टेलिभिजनबाट पाठ्य सामाग्री तयार गरेर प्रशारण गरियो । 

    मुलुकको प्रमुख शहरी क्षेत्र बाहेक दुरदराजका सामुदायिक विद्यालयमा त्यसको सशक्त र प्रभावकारी ढंगबाट पठन पाठन प्रविधी र इन्टरनेटको पहुंच नपुगेको स्थानमा हुन सकेन । जसका कारण दुइ शैक्षिक सत्र सामान्य र कर्मकाण्डिय रुपमा केटाकेटीहरुलाई माथिल्लो तहमा कक्षा चढाइयो। सरकारले पनि त्यस्तै खालको निर्देशन दियो । सुधारात्मक कक्षा स्तरोन्नती । सबै बिद्यार्थीहरु उत्तीर्ण भए वा गराइयो । केटाकेटीहरु हामी त नपढे पनि माथिल्लो कक्षा पढ्न पाइदो रहेछ भनेर पढने बानी क्रमश : छुट्दै गयो ।

    सरकारको पछिल्लो समय गरेको अक्षरांक पद्दतिका कारण सबै जसो बिद्यार्थीहरु माध्यमिक तह कक्षा ११ पढ्न पाउने व्यवस्था भयो । जसको कारण बालबालिकामा पढ्ने बानी कम हुदै गयो र त्यसको प्रभावले पठनपाठनलाई पुर्ववतस् अवस्थामा फर्काउन सकिएको छैन । यसको मुल जड भनेको मोवाइल, कोभिड र क्भ्भ् को अक्षरांक पद्दति नै हो भन्ने आम शिक्षकहरुको धारणा रहेको छ । 

    मोवाइल फोबिया :- २०७६ साल मध्यतिर संसार भर र चैत्रदेखि नेपालमा कोरोना भाइरस कोभिड संक्रमण व्यापक रुपमा फैलिएको अवस्थामा सर्वप्रथम सरकार आम नागरीकलाई कसरी ज्यान जोगाउने भन्नेतिर लाग्यो । संसारभर नै लक डाउन भयो । नेपाल पनि यस रोगबाट अछुतो रहेन । नेपाल सरकारले पनि लकडाउन गर्यो । सरकार कसरी आम नागरीकहरुलाई स्वास्थ्यको प्रोटोकल कसरी पालना गर्ने गराउने र नागरीकलाई कसरी जोगाउने भन्ने चिन्ता लाग्यो ।

    सरकारको आदेश अनुसार लकडाउन नागरिकले पालना गरे कतिपय नागरिकले बेवास्था गर्नाले संक्रमण फैलियो र थुप्रै मानिसले ज्यान गुमाउनु पर्यो । सरकारको लकडाउनले विद्यालयहरु ठप्प भए । पठन पाठन केही महिना हुदै भएनन् । सरकार पठनपाठनका बैकल्पिक उपायहरु खोज्न थाल्यो । विद्यालयका शिक्षकहरुले पनि अन्तर्राष्ट्रिय जगतले के कसरी पठन पाठन गरिएको रहेछ भनेर खोजी गरे । इन्टरनेटको माध्यमबाट फेसबुक, मेसेन्जर, भाईवर ग्रुप, टिम भाइवर, जुमको प्रयोगबाट पठन पाठन भएको जानकारी भयो ।

    जस अन्तर्गत सबै भन्दा भरपर्दो उपाय अनलाइन कक्षा संचालन गर्ने । सोही अनुसार सरकारको निर्देशन अनुसार विद्यालयले पठनपाठनको शुरुवात गरे । पाठ्यक्रमलाई आधार मानेर कक्षा लिने भनेर शुरुवात गरियो । प्रविधीसंग जोडिन बिद्यार्थीहरुलाई कम्प्युटर, मोबाइल, ल्याबटप, ट्याबलेट, किन्न भनियो । अधिकांश अभिभावकहरुले सकि नसकि किने । सरकारले प्रविधीसंग जोडिन तालिमको व्यवस्था गर्यो ।शिक्षकले तालिम लिए । बालबालिकालाई प्रविधीसंग जोडिन शिक्षकले सिकाए । बालबालिका प्रविधिसंग जोडिन पुगे ।

    बैकल्पिक शिक्षाको प्रभाव राम्रैसंग पर्यो बालबालिका र समुदायमा । तर पठन पाठन पश्चात मोवाइलको अन्य विषयमा प्रयोग हुन थाल्यो । गेम खेल्ने, अश्लिल साइट हेर्ने, फेसबुक, मेसेन्जरमा झुम्मिने हुंदा पठनपाठनमा क्रमशस् ध्यान कम हुदै जान थाल्यो । जसका कारण आम विद्यार्थीहरुको पठन पाठन खस्कदै गएको तितो यथार्थ हो । 

    अभिभावकको अवस्था :- सामुदायिक बिद्यालयमा अघ्ययन गर्न आउने अधिकांश केटाकेटीका अभिभावकहरु परिवारको रोजीरोटीकोलागि बिहान सबेरैदेखि बेलुका सम्म दैनिक ज्यालादारीको रुपमा काममा निस्कनु पर्ने भएकोले सांझ कुन बेला घर फर्कने हो स्वयम् अभिभावकलाई नै थाहा छैन । जसका कारण आफ्ना केटाकेटी बिद्यालय गए गएनन् कता गए रु अभिभावकले ख्याल पुर्याउन सकेका हुदैनन ।

    तसर्थ ती केटाकेटीहरु  समुदायका गलत मानिसको संगतले कुलत, अपराधिक या यौनजन्य कृयाकलापमा लागिसकेको अभिभावकले चाल नै पाउदैनन् । एकै पटक साना वा ठुला घटना वा दुर्घटना पछि विद्यालय वा प्रहरीबाट फोन आए पछि मात्र चाल पाउछन् आफ्ना केटाकेटीहरु बिग्रीसकेको । त्यसपछि पछुताउनु बाहेक केही गर्नै नसक्ने अवस्थामा पुगेका थुप्रै फेहरिस्त छन् बिद्यालय र प्रहरी चौकी वा सामाजिक अभियन्ताहरुका रेकर्ड फाइलमा । 

    अर्को तर्फ बिद्यालय प्रशासनले शिक्षकलाई शिक्षकले बिद्यार्थीलाई र बिद्यार्थीले अभिभावकलाई मोवाइल, कम्प्युटर, ट्यावलेट, ल्यावटप किन्न दबाब दिन थाले । कोभिडले घर परिवार समुदायलाई थिलथिलो पारेको अवस्थामा, दैनिक ज्याला मजदुरी गर्ने अभिभावकको झण्डै झण्डै चुलो बल्न छाडेको अवस्थामा विभिन्न प्रकारका डिभाइस किन्नु पर्ने दबावले ऋण धन काटेर किने ।

    ती डिभाइस शुरुका दिनहरुमा बालबालिकाहरुले सही ढंग प्रयोग गरे । तर पछिल्ला दिनहरुमा बालबालिकाहरुले त्यसलाई अनलाइन गेम र विभिन्न साइटबाट अश्लिल भिडियोहरु हेर्न थाले जसको कारण केटाकेटीहरुमा पठनपाठनमा ध्यान पुग्न सकेन । मोवाइलको ठीकढंगबाट प्रयोग गर्न छाडेपछि त्यसको ब्यापक दुरुपयोग हुन थाल्यो । त्यसको असर पठन पाठनमा प्रत्यक्ष पर्न थाल्यो ।

    अभिभावकको चासो :- एकाध दुरदराजको क्षेत्र बाहेक सामुदायिक बिद्यालयमा अध्ययन गर्न आउने केटाकेटीहरुका अभिभावक दैनिक ज्याला मजदुरी गर्ने, पेन्टर, ड्राइभर, मकै पोल्ने, सडकपेटीमा नालो पसल राख्ने, ठेलागाढा चलाउने, अभिभावक नै हुन् । तिनीहरुको दैनिकी नै कष्टकर छ । सरकारले आधारभुत तह निस्शुल्क भने पनि कतिपय सामुदायिक विद्यालयले गुणस्तरको नाममा विभिन्न शीर्षकमा धेरथोर शुल्क उठाएको पाइन्छ । शुल्क उठाएर पढाउने विद्यालयको नतिजा राम्रो देखिएको छ ।

    शुल्क उठाएर शिक्षकहरुलाई केही सुविधा थप गरेर स्तरीय शिक्षा दिन विद्यालय कटिवध्द छन् । अभिभावकको विश्वास पनि विद्यालयले जितेको छ । शुल्क तिरेको कारण होला अभिभावकहरुको चियो चासो अलि बढी नै हुन्छ । तर कतिपय अभिभावकहरु बिहान बिद्यालय पुर्याउने र बेलुका केटाकेटीहरुलाई लिन जाने बाहेक केही गर्दैनन ।

    पढाइ बारे जिज्ञाशा समेत राखेको पाइदैन । कतिपय अभिभावकहरु पठन पाठन शुल्क बारे विद्यालय गएर केही सिकायत गर्न समेत सक्दैनन । आफ्ना बालबालिकाहरुको पठन पाठन, शुल्क विद्यालयले दिने थप सुविधा बारे चासो राख्नु अभिभावकको दायित्व हो । 

    शिक्षकको मानसिकता :- कोभिडका कारणले महिनौ महिना सम्म प्रत्यक्ष भौतिक रुपमा बिद्यालयमा पठन पाठन भएन । विद्यार्थी, शिक्षकसंग मोवाइल, ट्याबलेट, कम्प्युटर इन्टरनेटको अभावमा अनलाइन कक्षा पनि त्यती प्रभावकारी हुन सकेन । कोभिड संक्रमणको कारण दिनहुं समुदायका मानिसहरुको मृत्युवरण भइरहेका थियो । समुदाय नै भयावहको रुपमा रुपान्तरण थियो ।

    त्यस्तो परिस्थितिमा शिक्षकहरुका सामर्थ्यले जे जति स्रोत र साधन थियो त्यसको उपलव्धताले सिकाइमा महत्वपुर्ण योगदान दिए । तर केटाकेटीहरुमा मोबाइलबाट फेसबुक, मेसेन्जर, गेम खेल्ने लगायत विभिन्न अश्लिल साइट चलाउने कुलतबाट छुटाउन शिक्षक अभिभावकले नसकेको कारण केटाकेटीहरुमा पठन पाठन तर्फ अझै ध्यान केन्द्रीत गराउन सकिएको छैन । यसबाट सबै तहको नतिजा अझै केही वर्ष ऋणात्मक आउने निश्चित छ ।

    शिक्षक स्वयम् पनि जति मेहनत गरेपनि नतिजा सोचे जस्तो आउन सकेकोमा चिन्तित त छन् नै तथापि केटाकेटी नै पढ्दैनन् भनेर टार्ने शिक्षक र पाठ्यक्रम र पठनपाठनको मोडललाई पनि परिमार्जन गर्नु पर्छ भन्ने मानसिकताले दह्रो रुपमा जरो गाडेको पाइन्छ । 

    स्थानीय समुदायको सहयोग :- सामुदायिक बिद्यालयमा स्थानीय अभिभावकका केटाकेटी पढ्दैनन् । समुदायका आम नागरिकहरु सामुदायिक बिद्यालयप्रति आरोप छ त्यहां राम्रो गुणस्तरीय पठनपाठन हुदैन रु अव गुणस्तरीय शिक्षा भनेको आम नागरीकको बुझाई के हो कसैले बताउन पनि सक्दैनन् । तैपनि सर्र सर्र अंग्रेजी बोल्नु, जापान अमेरिका, अष्ट्रेलिया या क्यानडा जानु नै गुणस्तरीय शिक्षा भन्ने बुझाई छ आम समुदायलाई छ ।

    त्यो गुणस्तरको मानक हैन । गुणस्तर त उसले परिवार, समाज, समुदाय, राष्ट्रलाई के कति योगदान दिन सक्यो ? कसरी समाजमा असल चालचलन, आदर, सत्कार, व्यवहार, संस्कारी भयो त्यो पो हो कि गुणस्तर ? त्यस तर्फ हाम्रो ध्यान पुग्न सकेको छैन । त्यसै कारण सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोण समुदायको सधै नै ऋणात्मक छ । यसबाट सबै तह र तप्का मुक्त हुनु जरुरी छ । 

    केही स्थानीय सरकार बाहेक सरकारले छुट्टाएको रकम बाहेक स्थानीय सरकारले सामुदायिक बिद्यालयको सुधार र गुणस्तर कायम गर्न कुनै खास योजना ल्याएको पाइदैन । राम्रा विद्यालय शिक्षकलाई नियमित अनुदान दिई प्रोत्साहन पुरस्कृत गर्ने नराम्रा विद्यालयलाई दण्ड सजाय दिने आवश्यक व्यवस्था पनि गर्न स्थानिय तह लाग्नु पर्छ ।

    स्थानीय तहका नेतृत्वहरुले विद्यालयको शैक्षिक सुधारकालागि खासै पहलकदमी लिएको पनि पाइदैन । राजनैतिक प्रतिशोधकका कारण सामुदायिक विद्यालयलाई सहयोग गर्ने त कता हो कता अझ त्यस्ता बिद्यालयहरु बन्द गरेर वडा कार्यालय, स्वास्थ्य, पशु कार्यालय, जिम क्लव, खोल्ने कुरामा लागेको पाइन्छ । 

    अव के गर्ने त ? :- सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गर्ने बालबालिकाको अध्ययनको अवस्थामा सुधार ल्याउने हो भने स्थानीय तहले आफ्ना क्षेत्रमा भएका विद्यालयहरु गएर बालबालिकहरुको अवस्था बारे जानकारी लिने, बिद्यालयबाट के कती कारणले बालबालिकाहरु विद्यालयबाट म्चयउ इगत भए ?

    ती बालबालिकाहरु समुदायमा के गर्छन ? कता जान्छन् ? समाजमा के कस्ता घटनाहरु घटेका छन् ? साथै विद्यालयमा नियमित पठन पाठन गर्ने बालबालिकाहरुको अवस्थाका कस्तो छ ? तिनीहरुको संगत के कस्तो छ ? अभिभावकहरु कस्ता छन् ? ती सबै अवस्था पहिचान गर्ने । अवस्था पहिचान पश्चात के कसरी सुधार गर्ने त्यसको पहलकदमी गर्नु पर्दछ ।

    अर्को तर्फ बिद्यालय नियमित उपस्थित हुन आवश्यक वातावरण तयार गरि बालबालिकाहरुलाई नियमित अध्ययन गर्ने बानीको बिकास गर्न पुस्तकालयमा पठाउने, आवश्यक पाठ्य सामाग्री उपलब्ध गराउने, पत्रपत्रिका पढ्ने, खेलकूदमा संलग्न गराउने, बिज्ञान प्रयोगशालाको नियमित प्रयोग गराउने, कम्प्युटर ल्यावमा आवश्यक शैक्षिक सामाग्री हेर्ने बानीको बिकास गराउने, बालबालिकाहरुलाई शिक्षकको उपस्थितिमा पाठ्यपुस्तक, शैक्षिक सामाग्री निर्माणमा र पठन पाठनमा सक्रिय गराउने, विद्यालयले बालबालिकाकोलागि आवश्यक स्रोत र साधन उपलव्ध गराउने, प्रधानाध्यापक, शिक्षकहरुलाई क्षमता अभिबृध्दिकोलागि आवश्यक तालिम दिने, सुचना प्रविधिको आवश्यक व्यवस्था गर्ने, बालमैत्री, शिक्षक मैत्री, समुदाय मैत्री बनाइ जिज्ञाशु र कौतुलता जगाउने पहल कदमी गर्ने कार्य गरेमा क्रमशस् बिद्यालयको र बालबालिकाको पठन पाठन अवश्य सुधार हुनेछ । 

    शिक्षक संघका उप-महासचिव पन्तका अन्य पाठ्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्

    २०७९, माघ १८ बुधवार११:३१:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार