बालेनले रोकेको शैक्षिक मेला शुक्रबारदेखि भृकुटीमण्डपमा, आईतवार सम्म चल्ने

बालेनले रोकेको शैक्षिक मेला शुक्रबारदेखि भृकुटीमण्डपमा, आईतवार सम्म चल्ने

२०८०, आषाढ ७ बिहिवार

  • 905
    SHARES

  • बालेनले रोकेको शैक्षिक मेला शुक्रबारदेखि भृकुटीमण्डपमा, आईतवार सम्म चल्ने

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको ठाडो आदेशमा रोकिएको  कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) शुक्रबार बिहानदेखि सुरु हुने भएको छ । 

    असार १० गते आइतबारसम्म चल्ने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाको स्टलहरु रहनेछन् ।

    12.jpg

    मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जनाए । जेठ ३२ गते सुरु भएको मेलामा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेपछि रोकिएको थियो । पाटन उच्च अदालतले मेलामा अवरोध नगर्न अन्तरिम आदेश दिएपछि पुनः मेलालाई निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ । एडुफेयरमा विद्यार्थी, अभिभावकलाई शैक्षिक परामर्श दिइने आचार्यले बताए ।

    कक्षा ११ र स्नातक तह (ब्याचलर)मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकायरविषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना प्रक्रिया, अनुमानित शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्ति प्रक्रियालगायत विविध जानकारी दिइने आयोजकले जनाएको छ । शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग मेलामा आउने विद्यार्थीले छलफल र परामर्श लिनसक्ने व्यवस्था गरिएको छ ।

     

     

    २०८०, आषाढ ७ बिहिवार०८:१५:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार