बालेनको निर्णयमा राष्ट्रिय शिक्षक संगठनको आंशिक समर्थन, बालशिक्षकको तलव पुनरावलोकन गर्न माग  

बालेनको निर्णयमा राष्ट्रिय शिक्षक संगठनको आंशिक समर्थन, बालशिक्षकको तलव पुनरावलोकन गर्न माग  

२०८०, आषाढ १६ शनिवार

  • 8.1K
    SHARES

  • बालेनको निर्णयमा राष्ट्रिय शिक्षक संगठनको आंशिक समर्थन, बालशिक्षकको तलव पुनरावलोकन गर्न माग  

    काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरकारी विद्यालयका शिक्षक सरह तलब सुविधा उपलब्ध गराउन महानगर मेयर बालेन्द्र शाहले दिएको निर्देशनलाई नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं जिल्ला कमिटी र काठमाडौं महानगरपालिका कमिटीले स्वागत गरेका छन् । 

    शिक्षकहरुको न्युनतम सेवा सुविधाको सुनिश्चितावाट निजी विद्यालयहरुका शिक्षकहरुको मनोबल उच्च हुनगई शिक्षाको समग्र गुणस्तर अभिवृद्धीमा सहयोग पुग्ने विश्वास सहित संगठनका दुवै कमिटीले विज्ञप्ति नै निकालेर समर्थन जनाएका हुन् ।

    शाहले गत विहिवार निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षक सरह तलव सुविधा दिन संस्थागत विद्यालयलाई निर्देशन दिएका थिए ।

    मेयरको उक्त निर्देशन सँगै "शिक्षकका पेशागत हकहितका विषयमा हाम्रो संगठनले लामो समयदेखि उठाउदै आएको मागहरु मध्ये केहि महत्वपुर्ण मागमा सम्बोधन भएकोमा काठमाडौँ महानगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौ र शिक्षकका न्युनतम सेवा सुविधा सँग जोडिएका विषयहरु कागजमा मात्र सिमित नभई यथाशिघ्र कार्यान्वयको माग गर्दछौं", विज्ञप्तिमा भनिएको छ । 

    निजी शिक्षण संस्थाको दिगो विकास र विस्तारमा सहयोग पुर्याउने भएकाले यसको कार्यान्वयनमा सहयोग गर्न समेत विद्यालय सञ्चालकलाई अनुरोध गरेका छन् । 

    त्यस्तै, निजी क्षेत्रलाई ऐन र नियमावलीको पाठ पढाउने महानगरपालिकाले आफैले नियुक्त गरेका प्रारम्भिक बालविकास शिक्षकको सेवा सुविधा सङ्घिय सरकारले तोकेको स्केल अनुरुप छैन, यसलाई मनन गर्दै सवै प्रकारका शिक्षक तथा कर्मचारीहरुको न्युनतम सेवा सुविधा अविलम्ब सुनिश्चित गर्न समेत माग गरेका छन् । 

    त्यसैगरि, पेशाकर्मीहरुको हकहित ट्रेड युनियन अधिकारकर्मीहरुको सशक्त आवाज र सरकारको नियमनले मात्र सम्भव हुने भएकाले ट्रेड युनियन अधिकारको सम्मान गर्न समेत जिल्ला अध्यक्ष डिल्ली शर्मा तथा महानगर अध्यक्ष माधव प्रसाद ओली र सचिव गणेश गुरागाईँले अनुरोध गरेका छन् । 

    २०८०, आषाढ १६ शनिवार०३:४०:०७
    प्रतिक्रिया
    सम्बन्धित समाचार