स्व.भण्डारी फाउण्डेशनले शुरु गर्यो विद्यालय शिक्षामा रुपान्तरण अभियानको बहस

स्व.भण्डारी फाउण्डेशनले शुरु गर्यो विद्यालय शिक्षामा रुपान्तरण अभियानको बहस

२०८०, आषाढ २४ आइतवार

  • 909
    SHARES

  • स्व.भण्डारी फाउण्डेशनले शुरु गर्यो विद्यालय शिक्षामा रुपान्तरण अभियानको बहस

    काठमाडौं । स्व.मदन भण्डारी फाउण्डेशन शिक्षा विभागले विद्यालय शिक्षामा रुपान्तरणका मुद्धाहरु विषयक छलफल प्रारम्भ गरेको छ । 

    आईतवार काठमाडौंमा शिक्षाछेत्रमा कार्यरत सरोकारवाला संस्थाको उपस्थितिमा घनिभुत छलफल आयोजना भएको हो । विभागिय संयोजक रामशरण प्याकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण डा. बाबुराम अधिकारीले गरेका थिए ।

    कार्यक्रममा प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरि करिव ४० जना सहभागीहरु बिचको रचनात्मक छलफलले आफुहरु अझ उत्साहित बनेको नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान उपाध्यक्ष विष्णु पोखरेलले बताए ।

    करकाप गरेर विज्ञान पढ्नै पर्ने हाउगुजीबाट बाहिर आई रुची अनुसारको विषय पढी पढाई नव युवायुवतीलाई देशविकासमा जोड्न सके मात्र नेपालले सहि गति लिने पुर्व मन्त्री तथा राजदुत एवं फाउण्डेशनका अध्यक्ष डा महेन्द्र बहादुर पाण्डेले बताए । 

    २०८०, आषाढ २४ आइतवार०९:३३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार