बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउने भन्दै स्टन्टबाजी गरेका छन् ।
मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा सस्तो लोकप्रियताका लागि विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए।
‘विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफूअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला,’ उनले छलफलका क्रममा भने ।
शैक्षिक शत्र शुरुहुनु भन्दा अगावै निर्देशन तथा नियमन हुनु पर्नेमा किताब कापी किन्ने, भर्ना गर्ने लगाएतका कार्य सम्पन्न हुनै लाग्दा देखाउनका लागि मात्र निर्देशन आएको देखिएको अभिभावकले बताएका छन् ।