इक्यानमा युवा अभियन्ता शेषराज भट्टराईको प्यानलै घोषणा

इक्यानमा युवा अभियन्ता शेषराज भट्टराईको प्यानलै घोषणा

२०८०, आषाढ २७ बुधवार

  • 777
    SHARES

  • इक्यानमा युवा अभियन्ता शेषराज भट्टराईको प्यानलै घोषणा

    काठमाडौँ । शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षका लागि शेषराज भट्टराईले प्यानसहित उम्मेदवारीको घोषणा गरेका छन् । आगामी असार ३० गते हुन गइरहेको इक्यानको महाधिवेशनका लागि भट्टराईले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    भट्टराईको समूहबाट उपाध्यक्षमा गिता सिवाकोटी, दयाराम थापा, श्रीराम पौडेल रहेका छन् भने महासचिवमा हालकै महासचिव दिपकराज भुसाल दोहोरिएका छन् । त्यस्तै सचिवका लागि भावनाथ हुमागाईँ, रत्न बहादुर भट्टराई उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा आशिष कार्की, सहकोषाध्यक्षमा विकल्प राज पौडेल रहेका छन् ।

    त्यस्तै सदस्यहरूमा सुवर्ण बस्नेत, उमा खड्का, विजय कुमार बस्नेत, रमेश लुइँटेल, हेमराज थापा र गोविन्द खनाल रहेका छन् ।

    मौसमी खेती झैँ फेरिरहने सरकारले शैक्षिक परामर्श सम्बन्धमा स्पष्ट दृष्टिकोण नबनाउँदा आफुहरु मार्कामा परेको अध्यक्षका उमेद्वार भट्टराईको भनाई छ ।

    परराष्ट्र, शिक्षाका साथै वदलिँदो विश्व परिवेश अनुसार परामर्श व्यवसायीको भूमिका अझ व्यापक बन्दै गएकाले सो ओजलाई दरिलो र गर्विलो बनाउने गरि काम गर्ने सोचका साथ आफुहरु मैदानमा उत्रनुपरेको पनि उनको भनाई छ । 

    भट्टराई परामर्शकहरु माझ लोकप्रिय र युवा अभियन्ताका नामले समेत परिचित छन् साथै उनी एक संचारकर्मी पनि हुन् ।

    44.jpg 

    २०८०, आषाढ २७ बुधवार११:२३:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार