कक्षा ११ मा छात्रवृत्तिको परीक्षाका लागि आवेदन माग, फारम अनलाईन मार्फत भर्न सकिने  

कक्षा ११ मा छात्रवृत्तिको परीक्षाका लागि आवेदन माग, फारम अनलाईन मार्फत भर्न सकिने  

२०८०, आषाढ २८ बिहिवार

  • 1.0K
    SHARES

  • कक्षा ११ मा छात्रवृत्तिको परीक्षाका लागि आवेदन माग, फारम अनलाईन मार्फत भर्न सकिने  

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ । 

    काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो । 

    आवेदन आज (२८ गते) बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट वा http://entrance.kathmandu.gov.np/ मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने महानगरले जनाएको छ । 

    परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । 

    22.jpg

     

    २०८०, आषाढ २८ बिहिवार०९:०३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार