काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १०८३ छात्रछात्राको आवेदन

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १०८३ छात्रछात्राको आवेदन

२०८०, श्रावण ५ शुक्रवार

  • 849
    SHARES

  • काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १०८३ छात्रछात्राको आवेदन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मागेअनुसार कक्षा ११ को छात्रवृत्तिका लागि एक हजार ८३ छात्रछात्राले अनलाइन आवेदन गरेका छन् ।  

    महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि २८ असार विहान १० बजेबाट ४ साउन अपराह्न साढे तीन बजेसम्म आवेदन मागेकोमा हजार जनाको मात्र दरखास्त परेको हो । 

    ८ दिनको अवधिमा एक हजार ८३ जनाको अनलाइन आवेदन दर्ता भएको महानगरले जनाएको छ । सबैभन्दा धेरै आवेदक विज्ञानको छात्रवृत्तिका लागि परेको छ । 

    विज्ञान विषय पढ्न चाहने पाँच सय ४९ छात्र र दुई सय २७ छात्राले अनलाइन आवेदन दिएका छन् । दोस्रोमा व्यवस्थापन विषय पढ्न चाहने छन् । व्यवस्थापन विषय पढ्न चाहने एक सय ४८ छात्र र ९१ छात्राले निवेदन दिएका छन् । 

    प्राविधिक विषयका लागि २४ छात्र र १७ छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ छात्रा र ७ छात्र गरी २३ जना, मानविकीमा एक छात्र र एक छात्रा तथा शिक्षामा पनि एक(एक छात्रछात्राको आवेदन परेको छ ।

    २०८०, श्रावण ५ शुक्रवार०७:३५:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार