बौद्धनाथ क्षेत्रविकास समितिद्धारा कक्षा ११ को छात्रवृत्तिका लागि सार्वजनिक आव्हान

बौद्धनाथ क्षेत्रविकास समितिद्धारा कक्षा ११ को छात्रवृत्तिका लागि सार्वजनिक आव्हान

२०८०, श्रावण ११ बिहिवार

  • 2.1K
    SHARES

  • बौद्धनाथ क्षेत्रविकास समितिद्धारा कक्षा ११ को छात्रवृत्तिका लागि सार्वजनिक आव्हान

    चावहिल । श्री बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौंले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि क्षात्रवृत्तिको सार्वजनिक आव्हान गरेको छ । 

    समितिको बुधवार बसेको बैठकले काठमाडौं महानगरपालिका वडा नं ६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई क्षत्रवृत्तिका लागि आव्हान गरिएको हो ।

    गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्त सम्म नियमपूर्वक दरखास्त दिन सक्नेछन् । दरखास्तका लागि समितिको कार्यालय टुसालमा सम्पर्क गर्न समेत क्षेत्रविकास समितिले जनाएको छ ।

    आर्थिक अभावका कारण शैक्षिक वातावरण खल्बिलिन सक्ने चिन्ताका विच क्षेत्र विकास समितिको उक्त प्रयासलाई सरोकारवालाले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

    यद्यपि छनोट पारदर्शी हुन पर्ने समेत शिक्षाकर्मीहरुको सुझाव रहेको छ । 

    २०८०, श्रावण ११ बिहिवार१०:१०:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार