बौद्धनाथ क्षेत्र विकास समितिद्धारा छात्रवृत्ति नतिजा सार्वजनिक

बौद्धनाथ क्षेत्र विकास समितिद्धारा छात्रवृत्ति नतिजा सार्वजनिक

२०८०, भाद्र २७ बुधवार

  • 2.3K
    SHARES

  • बौद्धनाथ क्षेत्र विकास समितिद्धारा छात्रवृत्ति नतिजा सार्वजनिक

    काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले शैक्षिक कार्यक्रम अन्गर्गत कक्षा ११ मा अध्ययनरत छात्रछात्राको छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ।

    समितिले नगरपालिकाको वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ४४ जना छात्रछात्रालाई छात्रवृत्तिका लागि श्रावण मसान्तसम्म आवेदन माग गरेको थियो ।

    आवेदनका लागि महानगरको ६ नं वडाभित्र रहेका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई श्रावण ११ गते आवेदन आव्हान गरिएकामा निर्धारित समय भित्र ६७ जना छात्रछात्राको आवेदन परेको थियो  ।

    बौद्धनाथ क्षेत्र भित्रका बिद्यार्थीहरु आर्थिक अभाबका कारण कोहि पनि बिद्यार्थीले उच्च माध्यमिक तह सम्मको शैक्षिक अवसरबाट बन्चित हुन नपरोस भन्ने हेतुले श्री बौद्धनाथ क्षेत्र विकास समितिको शिक्षा सम्बन्धी छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०८० अनुसार समितिमा रीतपूर्वकदर्ता हुन आएका ६७ जना बिद्यार्थीहरु मध्ये ४४ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्थापन उप समितिको छनौट प्रतिबेदन अनुसार श्री बौद्धनाथ क्षेत्र विकास समितिको मिति २०८० साल भाद्र २४ गतेकोको बोर्ड बैठकको निर्णय बमोजिम निम्न बिद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन स्वीकृत गरिएको सार्वजनिक सुचना मार्फत समितिले जानकारी गराएको छ ।

    111.jpg

    123.jpg

    1234.jpg

    २०८०, भाद्र २७ बुधवार०८:४८:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार