काठमाडौं महानगरका ७१ प्रधानाध्यापकका लागि विज्ञापन, मंसिर १ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं महानगरका ७१ प्रधानाध्यापकका लागि विज्ञापन, मंसिर १ गतेसम्म आवेदन दिन सकिने

२०८०, कार्तिक १७ शुक्रवार

  • 1.1K
    SHARES

  • काठमाडौं महानगरका ७१ प्रधानाध्यापकका लागि विज्ञापन, मंसिर १ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।

    शुक्रबार महानगरपालिकाले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना जारी गर्दै जानकारी दिएका छन्। 

    उनका अनुसार ७१ जना प्रधानाध्यापक र ११ स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो।

    मंसिर १ गतेसम्म इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। यस्तै दरखास्त दिनका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि समेत भएको हुनुपर्ने जनाइएको छ।

    कोइरालाका अनुसार दरखास्त बुझाउनेले माध्यमिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि पन्ध्र सय र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क बुझाउनुपर्ने पर्नेछ। त्यस्तै, महानगरपालिकामा राजश्व बुझाएको भौचर समेत संलग्न गराउनुपर्ने छ।

    विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा महानगरले प्रधानाध्यापक छनोट गर्ने बताएको छ।

    पूरा सूचना तल हेर्नुहोस् :

    1111.jpg22222.jpg4444444.jpg555555.jpg

     

     

    २०८०, कार्तिक १७ शुक्रवार०८:२५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार