त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन

त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन

२०८०, कार्तिक २४ शुक्रवार

  • 869
    SHARES

  • त्रिविको उपकुलपति सिफारिसका लागि कमिटी गठन

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ ।

    प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियोे ।

    २०८०, कार्तिक २४ शुक्रवार०७:१५:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार