गोकर्णेश्वर लाइट एकेडेमीले ‘GLA Quiz Mania Season-2’ आयोजना गर्ने

गोकर्णेश्वर लाइट एकेडेमीले ‘GLA Quiz Mania Season-2’ आयोजना गर्ने

२०८०, मंसिर ९ शनिवार

  • 1.7K
    SHARES

  • गोकर्णेश्वर लाइट एकेडेमीले ‘GLA Quiz Mania Season-2’ आयोजना गर्ने

    काठमाडौं । गोकर्णेश्वर लाइट एकेडेमीले गत वर्ष झैँ यस बर्ष पनि अन्तर विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता – २०८०, कार्यक्रमको दोश्रो संस्करण गर्ने भएको छ ।

    आगामी मङ्सिर २२ र २३ गते शुक्रवार र शनिवार दुई दिन विद्यालयको प्राङ्गणमा हुन लागेको उक्त कार्यक्रममा जम्मा ३६ वटा विध्यालय सहभागीता जनाउने आयोजकले जनाएको छ । 

    सहभागी ३६ विध्यालयलाइ ६-६ वटा विध्यालयका दरले ६ समुहमा बिभाजन गरि प्रतेक समुह बाट उत्कृष्ट २ विध्यालय गरि जम्मा १२ विध्यालयलाइ दोश्रो चरणमा लगिने र दोश्रो चरणमा १२ विध्यालयलाई २ समुहमा विभाजन गरेर उत्कृष्ट ३र३ गरि जम्मा ६ टिमलाइ अन्तिम चरणमा लगिने विध्यालयका प्रिन्सिपल श्री सौर्यनाथ आचार्यले बताउनु भयो ।

    कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई नगद रु १०,०००, ७००० र ५,००० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने फाइनल चरण प्रवेश गरेका सम्पुर्ण टिमलाई सान्त्वना पुरस्कार स्वरूप शिल्ड र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मधुसुदन ढुङ्गानले बताउनु भयो ।

    टिम दर्ताको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

    https://docs.google.com/forms/d/e/1FAIpQLScLS_4LNbMF00gTveJy5Hq6XUdL-tm3bdue7KdEWJP1hQDdxg/viewform

    २०८०, मंसिर ९ शनिवार१२:५०:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार