यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

२०८०, पौष ३ मंगलवार

  • 1.0K
    SHARES

  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    मन्थली । रामेछापको लिखुतामाकोशी गाउँपालिका- ७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

    सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।

    पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारवाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए ।

    प्रहरीका अनुसार अभियुक्तले गत मंसिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि यौन दुर्व्यवहार गरेका थिए ।

    २०८०, पौष ३ मंगलवार०७:५२:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार