त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

२०८०, फाल्गुण ६ आइतवार

  • 749
    SHARES

  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ।

    शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता सकिएलगत्तै आइतबार उपकुलपति सिफारिस समितिको बैठकले केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो।

    उपकुलपतिका लागि ४३ जनाले उम्मेदवारी दिएका थिए भने १४ जना सर्टलिष्टमा परेका थिए। सर्टलिष्टमा परेका १४ जनाको सोचपत्र तथा कार्ययोजनाको प्रस्तुतीकरण गरिएको थियो।

    उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो । अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।

    २०८०, फाल्गुण ६ आइतवार०९:४२:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार