विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने सभामुखको प्रतिबद्धता

विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने सभामुखको प्रतिबद्धता

२०८०, फाल्गुण १५ मंगलवार

  • 813
    SHARES

  • विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने सभामुखको प्रतिबद्धता

    काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने बताएका छन् ।

    रामेछापको गोकुलगंगास्थित गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने बताए ।

    शिक्षालाई समयअनुसार वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवं जनमुखी बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक पारित भएको अवस्थामा शैक्षिक गुणस्तर वृद्धि हुन सहयोग हुने अपेक्षा लिएको बताए ।

    सभामुख घिमिरेले बदलिएको समय अनुसार शिक्षामा सुधार आवश्यक रहेको बताए ।

    शिक्षाले समाज रूपान्तरणको गति निर्धारण गर्ने भएकाले समाजको आवश्यकता अनुरूप व्यवहारिक, प्राविधिक र सर्वसुलभ शिक्षाका लागि नीतिहरू परिवर्तन हुनुपर्नेमा जोड दिए ।

    २०८०, फाल्गुण १५ मंगलवार०८:५१:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार