सिटिइभिटीका उपाध्यक्षलाई मोसो दलेको अभियोगमा पक्राउ

सिटिइभिटीका उपाध्यक्षलाई मोसो दलेको अभियोगमा पक्राउ

२०८०, फाल्गुण २१ सोमवार

  • 865
    SHARES

  • सिटिइभिटीका उपाध्यक्षलाई मोसो दलेको अभियोगमा पक्राउ

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर मोसो दलेर फरार भएका दुईजनालाई प्रहरीले १५ दिनपछि आइतबार पक्राउ गरेको छ।

    प्रहरीले अछामको कमलबजार नगरपालिका- ६ घर भई काठमाडौं कलंकी बस्ने ३० वर्षीय डिबी भन्ने डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाउँपालिका- २ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका- २ बस्ने ३० वर्षीय नवराज भट्टलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

    प्रहरीका अनुसार अखिल क्रान्तिकारी आबद्ध उनीहरूले गत फागुन ६ गते भेटघाट गर्ने बहानामा सिटिइभिटीका उपाध्यक्ष अधिकारीको कार्यकक्षमा पसेर मोसो दलेका थिए।

    फरार रहेका उनीहरूलाई मध्यपुरथिमि‐३ गठ्ठाघरबाट पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक पाठकले बताए। रासस

    २०८०, फाल्गुण २१ सोमवार०७:३८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार