शैक्षिक मेलामा अनलाइनबाट ४५ हजार सहभागी

शैक्षिक मेलामा अनलाइनबाट ४५ हजार सहभागी

२०७७, माघ ६ मंगलवार

  • 1.8K
    SHARES

  • शैक्षिक मेलामा अनलाइनबाट ४५ हजार सहभागी

    माघ ६, काठमाडौँ । 

    नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको १४औं इक्यान मेलामा ४५ हजार विद्यार्थीले अभिभावकले भर्चुअलरुपमा सहभागी भएका छन् ।

    चारदिने उक्त मेला उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकमा उत्पन्न कौतुलहता मेटाउन सफल भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

    कोभिड–१९ को महामारीका कारण यस वर्षको मेला अनलाइन माध्यमबाट गरिएको थियो ।

    मेलामा विद्यार्थी तथा उनीहरुका अभिभावकले उच्च शिक्षाका लागि गन्तव्य मानिएका विभिन्न देशले कोरोनापछि लिएको नीति तथा विभिन्न देश, त्यहाँका विश्वविद्यालय तथा कलेजका साथै कोर्स, त्यसका लागि लाग्ने शुल्क, छात्रवृत्ति, प्रवेशाज्ञा प्रक्रिया आदिबारे जानकारी लिएका थिए । 

    २०७७, माघ ६ मंगलवार०६:४१:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार