संसदीय शिक्षा समितिको सभापतिमा समाजवादीकै अम्बर थापा

संसदीय शिक्षा समितिको सभापतिमा समाजवादीकै अम्बर थापा

२०८०, चैत्र ५ सोमवार

  • 953
    SHARES

  • संसदीय शिक्षा समितिको सभापतिमा समाजवादीकै अम्बर थापा

    काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति एकीकृत समाजवादीका अम्बरबहादुर थापा हुने भएका छन्।

    एकीकृत समाजवादीबाट सभापति भएका भानुभक्त जोशी सामान्य प्रशासन मन्त्री भएपछि रिक्त रहेको पदमा समाजवादीकै थापालाई दिने निर्णय सत्ता गठबन्धनले गरेको हो।

    सभापति बनाउनका लागि कृषि समितिमा रहेका थापालाई सोमबार प्रतिनिधिसभाले शिक्षा समितिमा स्थानान्तरण गरेको थियो। सभापति चयनका लागि उम्मेदवारी दिन मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयनको समय तोकिएको छ।

    सभापति छान्न बुधबार दिउँसो ३ बजे समितिको बैठक बोलाइएको छ।

    २०८०, चैत्र ५ सोमवार१०:५९:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार