लोकप्रिय बन्यो शिक्षक सङ्गठनको मार्च टु लोकल लेभल (एमएलएल), काठमाडौं महानगरद्धारा एकसाथ तिन कार्यक्रम

लोकप्रिय बन्यो शिक्षक सङ्गठनको मार्च टु लोकल लेभल (एमएलएल), काठमाडौं महानगरद्धारा एकसाथ तिन कार्यक्रम

२०८१, बैशाख २० बिहिवार

  • 1.7K
    SHARES

  • लोकप्रिय बन्यो शिक्षक सङ्गठनको मार्च टु लोकल लेभल (एमएलएल), काठमाडौं महानगरद्धारा एकसाथ तिन कार्यक्रम

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौं महानगर समितिले नगर परिषद, मार्च टु लोकल लेभल कार्यशाला तथा क्यालेन्डर विमोचन एकसाथ सम्पनन गरेको छ । 

    बुधवार काठमाडौंको एक सामुदायिक विद्यालयमा महानगर समितिले केन्द्रीय संगठनको विशेष एवं लोकप्रिय कार्यक्रम मार्च टु लोकल लेभल सहित तिनैवटा कार्यक्रम एकसाथ सम्पनन गरेको हो । 

    राष्ट्रिय समितिका महासचिव हंसबहादुर शाही प्रमुख अतिथि रहेको कार्यक्रममा वागमति प्रदेश उपाध्यक्ष सानुमैया खड्का, प्रदेश सदस्य सुरज साउद, जिल्ला अध्यक्ष डिल्ली प्रसाद शर्मा लगायतले आतिथ्यता प्रदान गरेका थिए भने समितिका अध्यक्ष माधव प्रसाद ओलीको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।

    44.jpg

    कार्यक्रममा विगत वर्षहरुमा संगठनले गरेका गतिविधिहरु समीक्षा गर्नुका साथै आगामि वर्षको कार्ययोजना पेश गरिएको थियो । मार्च टु लोकल लेभल कार्यशालामा काठमाडौं महानगरपालिका भित्र रहेका पेशागत समस्याहरु केलाउदै समाधानका उपायहरु खोजि गरिएको थियो ।

    कार्यक्रममा १५० भन्दा वढि शिक्षकहरुको सहभागिता रहेको थियो । यस पालिका भित्र ८७ वटा सामुदायिक विद्यालय र ६४० वटा संस्थागत विद्यालय रहेका छन् । 

    शिक्षक महासंघद्धारा आयोजित असोज ३ देखि ५ मा काठमाडौं केन्द्रीत बृहत आन्दोलनमा धोका भएको भन्दै अस्थायी, राहत, करार, ईसिडि, विद्यालय कर्मचारी लगायतका शिक्षक तथा कर्मचारी असन्तुष्ट रहेपछि मुलधारका संगठनहरुकै अस्तित्व खतरामा परेको थियो ।

    यद्यपि अन्य धारका संगठनहरु चलायमान नदेखिरहँदा प्रगतिशिल धार तथा प्रमूख पार्टी एमाले प्रति सहानुभुति राख्ने नेपाल राष्ट्रिय शिक्षक संगठनको पाँचौं पूर्ण बैठकले मार्च टु लोकल लेभल अभियान स्थानिय तह सम्मै संचालनमा ल्याएको छ । जुन शिक्षकहरु माझ लोकप्रिय देखिएको हो ।    

    २०८१, बैशाख २० बिहिवार०९:३४:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार