रफ्तारमा काम गर्दै परीक्षा बोर्ड, एसईईको नतिजा असार दोस्रो साता 

रफ्तारमा काम गर्दै परीक्षा बोर्ड, एसईईको नतिजा असार दोस्रो साता 

२०८१, जेठ २० आइतवार

  • 781
    SHARES

  • रफ्तारमा काम गर्दै परीक्षा बोर्ड, एसईईको नतिजा असार दोस्रो साता 

    काठमाडौं । एसईईको नतिजा असारको दोस्रो साताभित्र आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोस्रो सातामा प्रकाशित गर्न लागेको हो ।

    परीक्षा नियन्त्रण कार्यालयले अहिले विद्यार्थीको उत्तरपुस्तिका जाँच सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको छ । सोहि प्रगति अनुरूप असारको दोस्रो साताभित्र कार्यालयले नतिजा सार्वजनिक गर्न तयारी गरेको हो ।

    एसईई परीक्षा २०८० चैत १५ गतेदेखि २७ गतेसम्म चलेको थियो । सो परीक्षामा पाँच लाख भन्दा धेरै परीक्षार्थी सहभागी भएका थिए ।

    २०८१, जेठ २० आइतवार०८:४३:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार