नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं अध्यक्षमा हेरम्बराज कँडेल

नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं अध्यक्षमा हेरम्बराज कँडेल

२०८१, चैत्र १२ बुधवार

  • 1.1K
    SHARES

  • नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं अध्यक्षमा हेरम्बराज कँडेल

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौंको अध्यक्षमा हेरम्बराज कँडेल निर्वाचित भएका छन् । 

    शनिवार काठमाडौंमा सम्पन्न संगठनको १४ औंँ अधिवेशनले विश्व निकेतन मावी काठमाडौंका प्रधानाध्यापक समेत रहेका  कँडेलको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो । 

    महिला उपाध्यक्षमा गिता खड्‌का, उपाध्यक्ष छत्र बहादुर कटुवाल, सचिव गुरु प्रसाद दङ्गाल, कोषाध्यक्ष देवानन्द तिमल्सीना र सह सचिव शुसिला अर्याल निर्वाचित भएका छन् ।

    त्यस्तै, सदस्यहरुमा नवराज भेटवाल, गायत्री प्रसाद खनाल, हरि शरण लामिछाने, राम हरी थापा, दिनेश पाण्डे, अमृत ढकाल, दिलकुमारी श्रेष्ठ, देवि आचार्य, डिल्लीराम पौडेल, दिप कुमार बुढाथोकी, सन्तोष बुढाथोकी, शारदा श्रेष्ठ, राम प्रसाई राइ, डा लक्ष्मण प्रसाद ज्ञवाली र कान्ति प्रसाद तिवारी निर्वाचित भएका निवर्तमान अध्यक्ष डिल्ली प्रसाद शर्माले बताए ।

    यसैगरि लेखा समिति संयोजकमा श्याम श्रेष्ठ, सदस्यमा गिता फुयाल र वलराम फुयाल निर्वाचित भए भने केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुमा डिल्ली शर्मा, मन्जु माया खड्का, चन्द्रकला कार्की, दिनवन्दु रेग्मी, माधव ओली, चिना शर्मा, केशव पौडेल र राधा पौडेल निर्वाचित भए ।

    संगठनको राष्ट्रिय महाधिवेशन बैशाख ५, ६ र ७ मा काठमाडौंमा हुँदैछ । 

    २०८१, चैत्र १२ बुधवार१०:१३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार