काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ ले एसएलसी पास छात्रछात्रालाई सम्मान गर्ने भएको छ ।
वडा भित्र स्थायी बसोबास गरि २०८३ सालको एसएलसी परीक्षामा उत्तिरण गर्ने छात्रछात्रालाई वडाले सम्मान गर्ने भएको हो ।
सम्मानित हुने छात्रछात्राले एसएलसी पास प्रमाणपत्रको प्रतिलिपि र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि वडा कार्यालय तथा सदस्यहरु सरु अधिकारी, सन्ध्या खनाल, नविन मैनाली र कल्पना बयलकोटी मार्फत पेश गर्न सक्नेछन् ।
खेलकुद लगायत रचनात्मक क्रियाकलापमा अग्रणी देखिएको यस वडाका अध्यक्ष दिनेश महर्जन हुन् । युवा पंक्तिमा लोकप्रिय रहेका युवा अध्यक्ष महर्जन शालिन, सरल, जिज्ञासु र जनमतको कदर गर्नेमा अग्रपंक्तिमा देखिन्छन् ।