कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

२०७७, माघ १९ सोमवार

  • 2.1K
    SHARES

  • कक्षा १२ को नतिजा सार्वजनिक

    माघ १९, भक्तपुर ।  

    राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।

    आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६०  र एक लाख नौ हजार ३१२ जनाले  २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् । 
      
    त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले ० देखि ०.८० स्तरीकृत अङ्क ल्याएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । 

    परीक्षामा नियमिततर्फ तीन लाख १० हजार ३१६ र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २७१ जना सहभागी थिए ।

    आंशिकतर्फ एक जनाको परीक्षा रद्द गरिनाका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगन गरिएको छ । आंशिकतर्फ २५ हजार २८८ विद्यार्थी उतीर्ण भएका छन् । 

    बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिकाभन्दा ढिला गरी मङ्सिर र सङ्क्रमित परीक्षार्थीको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो ।  

    कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अङ्क प्राप्त नभएका परीक्षार्थीको सम्बन्धित विषयको परीक्षाफल स्थगन गरिएको अर्यालले जानकारी दिए । परीक्षा स्थगन भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिने छ ।

    गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड– १९ का कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो ।

    कक्षा १२ को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको बोर्डले जनाएको छ । 

    २०७७, माघ १९ सोमवार०४:२४:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार