नागरिक समाजद्वारा विरोध

नागरिक समाजद्वारा विरोध

२०७७, माघ २४ शनिवार

  • 3.5K
    SHARES

  • नागरिक समाजद्वारा विरोध

    माघ २४, काठमाडौँ ।

    प्रतिनिधिसभा विघटनको नागरिक समाजले विरोध जनाएको छ । बृहत् नागरिक आन्दोलनले आज प्रतिनिधिसभा विघटनको विरोधमा लैनचौरदेखि शीतल निवाससम्म प्रदर्शन गरेको हो । 

    कार्यक्रममा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सरकारले गरेको संसद् विघटनलाई अदालतले सदर गरेको खण्डमा आगामी दिनमा बन्ने कुनै पनि संसद्को आयु पाँच वर्षको नहुने बताए ।

    राजनीतिक विश्लेषक कृष्ण खनालले संविधानको रक्षाका लागि नागरिक समाज सडकमा आउनुपरेको बताए । सो अवसरमा प्रतिनिधिसभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो । 

    २०७७, माघ २४ शनिवार०७:१९:२९
    प्रतिक्रिया
    सम्बन्धित समाचार