अप्रिलदेखि श्रीलङ्काका सबै विद्यालयहरु खुल्ने

अप्रिलदेखि श्रीलङ्काका सबै विद्यालयहरु खुल्ने

२०७७, चैत्र ३ मंगलवार

  • 1.2K
    SHARES

  • अप्रिलदेखि श्रीलङ्काका सबै विद्यालयहरु खुल्ने

    कोलम्बो । श्रीलङ्काका सवै विद्यालयहरू आगामी अप्रिलदेखि खुल्ने भएका छन् । स्थानीय सिन्हला र तमिल समुदायको नयाँ बर्षपछि मात्रै सवै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने ठानेर १९ अप्रिल देखि सुरु गर्ने निर्णय भएको हो ।

    शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरु खोल्न आवश्यक तयारी भइरहेको सोमबार जानकारी दिए ।  

    कोरोनाभाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गत अक्टोबरदेखि आइतबारसम्म विद्यालयहरु बन्द गरिएको थियो । 

    कक्षा ५, ११ र १३ सोमबारदेखि सञ्चालन गरिएको छ भने अरु कक्षा अप्रिल १९ देखि सुरु हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।  

    विद्यालयहरु सवै खोल्नु अगाडि सवै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पुरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सवै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ ।

    श्रीलङ्कामा कोरोनाभाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ५२७ जनाको मृत्यु भएको छ ।

    महामारी नियन्त्रणका लागि देशमा अहिले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान पनि सुरु गरिएको छ । -एजेन्सी ।  

    २०७७, चैत्र ३ मंगलवार०७:०३:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार