अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुका अवस्था प्रति इक्यानको चासो

अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुका अवस्था प्रति इक्यानको चासो

२०७७, चैत्र ११ बुधवार

  • 1.8K
    SHARES

  • अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुका अवस्था प्रति इक्यानको चासो

    काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल र विदेश मामिला विशेषज्ञ नारायण मैनालीलाई इक्यानको कार्यालयमा सोमबार स्वागत तथा भेटघाट गरेको छ । अध्यक्ष प्रकाश पाण्डे सहित इक्यान कार्यसमितिले उनीहरूलाई स्वागत गरेको हो ।

    भेटघाटका क्रममा अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरु र नेपालीको वर्तमान अवस्था, वोर्डर सम्वन्धी मुद्धा, नेपाली विद्यार्थीहरुले एनओसीका लागि भोग्नुपरेका समस्या, नेपाल र अष्ट्रेलियाको नियमित उडान, एफडिआइसँग सम्वन्धीत मुद्धा लगायतका विषयका छलफल गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

    सो अवसरमा अष्ट्रेलियामा अध्ययन गर्ने जेहेन्दार विद्यार्र्थीहरुका लागि छात्रवृत्ति तथा इक्यान र दुतावास बिचको सम्वन्ध सुमधुर तथा सहज बनाउनेबारे पनि छलफल गरिएको महासचिव दिपक राज भुषालले जानकारी दिए ।

    २०७७, चैत्र ११ बुधवार०९:५७:२६
    प्रतिक्रिया
    सम्बन्धित समाचार