काठमाडौं । नेपाल सरकार कोभिड रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी)ले देशभरका विद्यालय तथा क्याम्पसहरु भर्चुअल या बैकल्पिक माध्यमबाट मात्र संचालन गर्न निर्देशन दिएको छ ।
केन्द्रको हिजो बसेको बैठकले महामारीबाट जोगिन भौतिक विधिबाट संचालन हुने अध्यापन एवं सबै प्रकारका परीक्षा समेत स्थगित गर्ने निर्णय गरेको हो ।
निर्णय आजबाटै लागुहुने डा खगराज बरालद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।