हारेर जित्ने कि जितेर हार्ने?

हारेर जित्ने कि जितेर हार्ने?

२०७८, बैशाख २७ सोमवार

  • 4.1K
    SHARES

  • हारेर जित्ने कि जितेर हार्ने?

    काठमाडौं । हामी कुनै कुनै पसलेहरुकोमा जाँदा देख्ने गर्दछौँ कि आज नगद भोलि उधारो । वास्तवमा हरेक दिन आज हो । त्यहाँ कहिल्यै पनि भोलिआउदैन । हरेक मानिसको लागि आज निकै महत्वपूर्ण रहेको हुन्छ । त्यही आज नै भोली हो, त्यही भोलि नै भविष्य र ईतिहास पनि । त्यसैले हरेक क्षण र हरेकदिन कर्मशीलहरुको लागि क्षण क्षणको समयनिकै महत्वपूर्ण मानिन्छन् ।

    त्यस्तै मानिसको जात नै जित्नको लागि जन्मिएको हो हार्नका लागि हुदै होइन । करोडौ शुक्रकिटलाई पछि पारेर नै एउटा शुक्रकिट प्रकृति र पुरुषको बिचमा टकराव हुँदाकै समय देखिन् जितेर जीवनप्रकृया सुरु भएकोले उसले जितेर आएको ईतिहास भएकोले मानिस जितमा रमाउछ, हारमा होइन ।

    उसले नौ दश महिना आमाको कोखमा पनि सँघर्ष गरेर जितेर यो धर्तीमा पाईला राखेकोले उ जित्नमा मज्जा मान्दछ । उ जितमा रमाउँछ । यो स्वाभाकि कुरा हो । उ हारमा दुखी बन्दछ, त्यो पनि स्वाभाविक कुरा हो । 

    तर सबै जित महान हुदैनन् र सबै हार अस्तित्वको निमिट्यान्न पनि होईनन् । त्यसैले मानिसले हार र जितको फैसला परिस्थिति अनुसार गर्नु पर्दछ । कहिले काँही मानिसले जितेर हारेको छ भने काँहीकाँही त्यहि मानिसले हारेर जितेका पनि थुप्रै गौरवपूर्ण ईतिहासहरु मानिस सँग रहेका छन् । एकजना विद्वानको भनाई छ एकपाइला अगाडि बढ्न दुईपाइला पछाडि सर ।

    मानिसले त्यही विश्लेषणबाट नै यो सफलतामा पुगेको छ । त्यसैले सवै हारहरु हार हुदैनन् र सवै जितहरु जित हुदैनन् । त्यसैकालागि नै भनिएको होला । ठोस परिस्थितिको ठोस विश्लेषण । यसैले मानिसले एक पछि अर्को सफलता बोकेर मानिस सबै प्राणीहरुमा अवल मानिएको छ । 

    हाम्रो देशमापनि राजनीति देखि सामाजिक क्षेत्रमा यस्ता धेरै घटना परिघटनाहरु छन्, जो जितेर हारेका र हारेर पनि जितेका । सन् १८१६ मा भएको सुगौली सन्धीलाई हारेर पनि जितेको मान्नु पर्दछ । ति दुरदृष्टि बोकेका पूर्खाले हामीलाई नेपाल देश दिएका छन् । हाम्रो देश कसैको पनि बिटुलोमा परेन र यसको कुमारित्व बाँचेकोमा हामीले गर्व गर्न पाएका छौ ।

    विश्वका धेरै देशहरु बिटुलिएर पनि बाँचेनन् । तिनको अस्तित्व नै समाप्तभएको हाम्रै आँखा सामु रहेका छन् । हाम्रो लागि जतिबाँचेको छ त्यो पनि महानपूर्खाको पवित्र महाँप्रसादमा रमाउन रुन कराउन झगडा गर्न पाएका छौं । संसारमा नेपालभन्दा कैयौँ आकार प्रकारका हिसावले, भूगोल देखि जनसँख्याको हिसावले पनि नेपालभन्दा यति सानामुलुक छन् कि तिनको तुलनामा नेपाल विशाल रहेको छ ।

    छिमेकी भारत र चीनका हिसावले मात्रै हामी साना रहेका छौ । हामीले सानो देशको भएकाले हामी सानो हुनु पर्छ भन्ने केही छैन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईमा प्रष्टै छ देशको भूगोल सानो र ठूलो हुन, सक्छ तर सार्वभौंम सानो वा ठूलो हुन सक्तैन । यो सत् प्रतिशत ठिक विचार हो ।

    मानिस धनी वा गरिब हुन सक्तछ तर व्यक्तिको पनि सार्वभौम अधिकार बराबरी मान्ने प्रचलन विश्वब्यापी मान्यता हो । देशको सबैभन्दा धनी मानिसको मत र त्यो देशको सबैभन्दा गरिबको मताधिकार वा धेरै बिषय कानुनले बराबर गरिदिएको छ । देशको सार्वभौम पनि त्यही नै हो । 

    केही मानिसहरु पदमापुगेर हारेका छन्, कोहीपदहरु परित्याग गरेर जितेर सर्वमान्य पनि भएर ईतिहासमा सम्मानित ठाउँमा रहेका छन् । कोही प्रधानमन्त्री मन्त्री बनेर नामनिशान मेटेका छन् भने कोही नभएर पनि गौरवपूर्ण ईतिहास बोकेर बाँचि रहेका छन् । पदहरु पाउदामात्रै सबै र सधैभरि ठूलो मानिस हुन सकेका हुदैनन् ।

    हाम्रो देशमा ०४६ सालमा राजाले गणेशमान सिंहलाई प्रधानमन्त्रीबन्न प्रस्ताव गरे, तर गणेशमानले आफ्नो पद कृष्णप्रसाद भट्टराई तिर सारेर पनि नेपालीजनताको मनमा धेरै प्रधानमन्त्रीभएकाहरु भन्दा सर्वोच्च कमाण्डर गणेशमान सिंहको नाम नेपालीजनजनको मनमा उच्च स्थानमा रहेको पाउन सकिन्छ । पद र प्रतिष्ठाले सवै मानिसलाई सम्मान दिदो रहेनछ भन्ने कुरा नेपाली जनताको सामुमा रहेका उदारणहरु धेरै छन् ।

    पढेर डाक्टर लेख्तैमा सवै महानहुँदा रहेनछन्। सवै बिद्वान् सफल र सक्षम पनि हुँदा रहेनछन् । विकास निर्माणको काम पनि कितावमा जस्तो, भाषणमा हुँदो रहेनछ । चर्का चर्का क्रान्तिकारी भाषणले परिवर्तन पस्कन सक्दो रहेनछ । यो धेरैको जीवनले भोगेको, देखेको र अनुभव गरेको विषय हो । भन्नु र गर्नुमा आकाश पाताल अन्तर रहेछ ।

    अर्ति उपदेशधारी त धेरै हुन्छन् तर कार्यान्वयन क्षमता सवैमा हुने भए अमुक राजनीतिक दलले गरेका वा अमुक व्यक्तिले त्यही ठाउँबाट राम्रो गर्ने र कसैले गर्न नसक्ने पनि हुँदारहेछन भन्ने कुरा पहिलो तुहेको संविधान सभा नै काफी उदाहरण हो । कैयौं धनी र सम्पन्न राष्ट्रभन्दा अगाडि नै नेपालले जेष्ठ नागरिक सम्मानभत्ता दिएर पाठ सिकाएको उदारण हाम्रा सामु छिपेको छैन । 

    हाम्रो देशको राजनीति प्राकृतिक भन्दा पनि अप्राकृतिक घटना प्रकृयाले चल्ने चलाउने गरेको पाइन्छ । त्यसैको उदाहरण हो २००७ सालमा नेपालमा प्रजातन्त्र आएपनि कहिल्यै सरकार आज (२०७८) साल सम्म पनि स्थिर र स्थायित्व बनेन । स्थिर सरकार नबने कै कारणले दिगो विकास हुन नसकेको विषय दिनको घाम जस्तै छर्लङ्ग रहेको छ ।

    नेपाली राजनीति सदियौं समय देखि दाउँपेचमा चल्यो र चलाईयो । यसको अन्त्यको लागि नै जहाँनिया र पारिवारिक राजनीतिका शक्तिश्रोतहरु राणा र शाहहरु फालिए पनि दलहरुमा यही महाँरोगले २०१७ सालमा विपीको दुईतिहाइको सरकार, २०५१ मा जिपीको पूर्ण बहुमतको सरकार र २०७७/७८ सालमा केपीको दुईतिहाइ नजिकबाट अहिले बहुमतको सरकार ढाल्न चाहने र खोज्नेहरु पात्र फरक भएपनि प्रवृति भने एउटै देखियो ।

    पदको आसक्तता, कुण्ठा,कामगर्न नदिने प्रवृति, असहिष्णु संस्कार आदि रहेका छन् । गुटउपगुटको कारणले सधैभरि देशले हारेको छ । हो नेकपाका नेताहरुले जो प्रधानमन्त्री, गृहमन्त्री वा मन्त्रीभएकाहरु नै सबैभन्दा धेरै असन्तुष्टि भएको देख्ता जनतालाई कुरीकुरी भएको छ । पद नपाएको रडाको छताछुल्ल पोखिएको छ । राजनीति पदको लागि नै गरेको रहेछ ।

    कम्युनिस्टका पनि देखाउने दाँत र चपाउने दाँत फरक लिएर बसेका हुँदा रहेछन् भन्ने जनताको घोर आरोप छ । कुन मुखले भोटमाग्न जाने आगामी दिनमा? हरेक नेताले सोच्नु जरुरी रहेको छ । नेताहरु तपाईहरु यसपटक हारेर पनि एमालेको सरकार जनता र देशको लागि बचाउने काम गरेर सबैलाई हारेर जित्न नेपाली जनताहरु आँशुले अपिल गरिरहेका छन् ।

    प्रधानमन्त्रीले पार्टी भित्र कति विषयमा हारेर पनि तपाईको सफल नेतृत्वको अपेक्षा नेपाली जनताले धेरै गरेका छन् । तपाईको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान निरन्तर अगाडि बढेको हेर्ने नेपाली जनताको चाहना र साथ निरन्तर रहेको छ ।

    पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले यो गलत भाँडभैँलोलाई नेतृत्व गरेर आफ्नैं पार्टिको सरकार ढाल्ने र प्रधानमन्त्रीलाई बदलाको भावना राखेर काम गर्नु भन्दा यस पटक तपाईहरुले हारेर पनि जितको भविष्य सुनिश्चित गर्नु बुद्धिमानी हुने छ । आज हारेर भएपनि जित्ने अवसर नगुमाउनु जीवन भरिको जित सुनिश्चित गर्नु हो भने बजारको हल्ला जस्तै हो भने यसले तपाईहरुले जीवन भरी हार्ने मात्रहोइन आज सम्मको ईतिहास पनि माटोमा मिल्नेछ ।

    नेताज्यूहरु सवै जितहरु जितहुन सक्तैनन् र सवै हारहरु हारहुन सक्तैनन् । नेकपा एमालेको सांसद र नेताले केपी सरकार हटाउदा आत्मरतिमा रमाउन सकिएला तर देशले सधैंभरि हार्ने हराउने काममा नलाग्नु नै जीवनको सर्वोच्च जित बाँची रहनेछ । आजको दिन जीवनको सुन्दर जितको दिन बनोस मृत्युको दिन नबनोस् । शुभकामना । 

    २०७८, बैशाख २७ सोमवार०९:०५:०९

    होम प्रसाद गौतम

    प्रतिक्रिया
    सम्बन्धित समाचार