वार्षिक परीक्षा जेठ महिना भित्रै सक्न काठमाडौं महानगरपालिकाको निर्देशन 

वार्षिक परीक्षा जेठ महिना भित्रै सक्न काठमाडौं महानगरपालिकाको निर्देशन 

२०७८, जेठ ३ सोमवार

  • 2.2K
    SHARES

  • वार्षिक परीक्षा जेठ महिना भित्रै सक्न काठमाडौं महानगरपालिकाको निर्देशन 

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाएर भए पनि जेठ मसान्तभित्र वार्षिक परीक्षा सक्न सुचना जारी गरेको छ । 

    महानगरपालिकास्थित शिक्षा विभागले आइतबार एक सूचना सार्वजनिक गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गतेभित्र चालू शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

    महानगरपालिकाले आफ्नो मातहतमा रहेका विद्यालयलाई शैक्षिक सत्र–२०७७ को वार्षिक मूल्याङ्न पाठ्यक्रमले व्यवस्था गरेबमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया (अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफोन, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाँचा) अपनाई निर्धारित समयमा मूल्यांकन गर्न भनिएको छ ।

    महानगरले कक्षा ८ को नगरस्तरीय परीक्षा भने यथाशीघ्र सूचना जारी गरी सञ्चालन गर्ने जनाएको छ । यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई र कक्षा १२ को वार्षिक परीक्षाको नमुना तयार गरिरहेको छ ।

    शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले नमुनाबारे छलफल चलाएको छ । केन्द्रले आइतबार ७७ जिल्लाका शिक्षा समन्वय एकाइ प्रमुखसंँग परीक्षा नमुनाका बारेमा भर्चुअल बैठक आयोजना गरेको हो ।

    तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा कसरी परीक्षा संचालन होला भनेर प्रश्न गरेका छन् ।

    २०७८, जेठ ३ सोमवार०८:०६:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार