विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान

विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान

२०७८, आषाढ ८ मंगलवार

  • 1.2K
    SHARES

  • विद्यालय निर्माणका लागि २० कठ्ठा जग्गा दान

    जलेश्वर । महोत्तरीको वर्दिबास नगरपालिका–२ मा अपाङ्ग विद्यालय निर्माणका लागि दुई जना मनकारीले २० कठ्ठा जग्गा दान गरेका छन् ।

    वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार अपाङ्ग बालबालिकाको शिक्षादीक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकाबाट विद्यालय निर्माण लागि स्थानीय धनबहादुर दर्लामीले १५ कठ्ठा र डिकबहादुर थापाले पाँच कठ्ठा जग्गा दान दिएका हुन् ।

    नगरप्रमुख कार्कीले वर्दिबासमा अपाङ्ग विद्यालयका लागि आफ्ना करोड बढी मूल्य पर्ने जग्गा दान दिएको दुवै जना मनकारीलाई नगरपालिकाले धन्यवाद दिएको छ ।  यता अपाङ्ग बालबालिकाका लागि आफ्नै गाउँठाउँमा विद्यालय सञ्चालनमा आउने भएपछि स्थानीय निक्कै खुशी भएका छन् ।

    २०७८, आषाढ ८ मंगलवार०१:३१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार