मुलुकले स्विकारेका केही फौजदारी न्यायका सिद्धान्तहरु

मुलुकले स्विकारेका केही फौजदारी न्यायका सिद्धान्तहरु

२०७८, आषाढ १७ बिहिवार

  • 6.7K
    SHARES

  • मुलुकले स्विकारेका केही फौजदारी न्यायका सिद्धान्तहरु

    विराटनगर । मानिस सामाजिक प्राणी हो। मान्छेले दैनिक अनवरतरुपमा कार्य गरिरहेको हुन्छ। आज गरेको कार्य भोलिपल्ट कानुनको नजरमा अपकार्य हुनसक्छ। सामाजिक प्राणी भएकोले कार्य र अपकार्य बिचमा आरोप प्रत्यारोप पनि हुन्छ।

    समाजमा कलह हुन्छ। कलहले फौजदारी अपराध हुने सम्भावना पनि हुन्छ।कानुनी ज्ञानको अभावबाट उन्मुक्ती पाउने सम्भावना रहँँदैन।त्यसैले फौजदारी न्यायको मुलुकले अवलम्बन गरेको सिद्धान्तको बारेमा जानकारी हुनु अनिवार्य जस्तै हुन्छ। यहाँ मैले जानकारी होस भनेर मुलुकी फौजदारी न्यायमा स्वीकार गरेको सिद्धान्तलाई उल्लेख गरेको छु।

    सामान्यतया हाम्रो कानुनले स्विकार गरेको फौजदारी न्यायका सामान्य सिद्धान्तहरुमा कानुन बमोजिमको काम कसुर नहुने वा अपराध कायम नहुने, कानुनमा लेखिए बाहेक अरुमा सजाय नहुने। असल नियतले गरेको कामलाई कसुर मानिने छैन अर्थात तथ्यको भ्रममा परि गरेको काम कसुर नमानिने। कसुरमा सक्षम अदालतबाट सुनुवाइ हुनुपर्ने। आफ्नै विरुद्धमा बोल्न करलाग्ने छैन। अभियोग लागेको कुरा प्रमाणित नभएसम्म कसुरदार मानिने छैन।

    दस बर्षसम्मको बालबालिकालाई अपराधको घेरामा राखेकोछैन। त्यस्तै होस नभएकोलाई पनि उन्मुक्ति दिएकोछ। जघन्य अपराध बाहेक अठार बर्षभन्दा माथिको ब्यक्तिले मन्जुरी दिदा मन्जुरी पाउने ब्याक्तीले हानी पुर्याउने व्यक्तिलाई भएको हानिमा कसुर गर्नेलाई मान्नुहुन्न त्यसको जिम्मेवारी मन्जुरी दिने उपरनै रहने छ।

    भलाईका लागि मन्जुरी लिएर वा संरक्षकको मन्जुरिमा गरेको काम कसुर नहुने साथै तत्काल भलाईका लागि मन्जुरी नलिईगरेको काम कसुर नमानिने। ज्यान र आर्थिक लाभलाई भलाईभित्र राखेको पाईन्न। अदालतको आदेश कार्यान्वयनमा कसुर नमानिने।

    मन्जुरी लिखित वा मौखिक हुन सक्ने। त्यस्तो मन्जुरी असल वा जानकारीबाट क्षतिपुगे कसुर नहुने व्यवस्था रहेकोछ। डरका कारण गरेको काम कसुर नहुने, निजिरक्षाको अधिकार प्रयोगमा ज्यानजाने कार्य गर्न नहुने। बालबालिकाबाट गराएको कसुरमा उमेर पुगेकालाई सजायको प्रावधान।

    निरपेक्ष अपराधिक दायित्वहुने कसुरमा अपराधिक मनसाय परिक्षण नहुने। कुनै संस्थाबाट भएको कसुरमा काम गराउनेको दायित्व हुने। सामुहिक कसुरमा सबैलाई सजायहुने तथा पीडितलाई काम कारबाहीको जानकारी हुने तथा क्षति पूर्तिको अधिकार हुने।

    सामान्यतया हामीले अङ्गिकार गरिआएको फौजदारी न्यायका सामान्य सिद्धान्तहरु यीनै हुन्। सिद्धान्त समयअनुसार बदलिदै जाने हुँदा समयानुकूल हामी पनि सुचित हुँदैभने जानुपर्छ। हामीहरुले कुनै काम गर्दा बिचार गर्नुपर्ने हुन्छ। हाम्रा कामहरु कतै फौजदारी कसुर हुने कार्य त भएनन् होस पुर्याउन सहज हुने विश्वास तथा कानुनको जानकारी भएन भनेर बक्क हुनुपर्ने अवस्था रहने छैन भनी विश्वास लिएर यो प्रस्तुति राखेकोछु।

    -लेखक पुर्ण अपांग अधिवक्ता काफ्लेका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस् । 

    २०७८, आषाढ १७ बिहिवार०८:२४:३७

    बिनोद कुमार काफ्ले

    प्रतिक्रिया
    सम्बन्धित समाचार