काठमाडौं । काठमाडौंको बुद्धनगरमा अवस्थित केएमसी स्कुलले जुम प्रविधि उपयोग गरेर भर्चुअल डान्सिङ्ग स्टार -७ (नृत्य प्रतियोगिता) सम्पन्न गरेको छ ।
करिव एक महिना अगाडि शुरुवात भई छनोट चरण पार गरेर आएका सिनियर क्याटेगोरी अन्तरगत कक्षा ५ देखि ९ सम्मका १५ छात्र-छात्राहरुको लाइभ प्रतिस्पर्धाबाट अन्तिम नतिजा घोषणा गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
शनिवार चार घण्टा चलेको प्रतिस्पर्धा पश्चात गरिएको घोषणा अनुसार कक्षा ९ की छात्रा वर्षा घिमिरे प्रथम भएकी थिइन् भने कक्षा ८ की छात्रा शिखु सिंह फस्ट रनर अप, कक्षा ८ कै छात्र रौनक पंगेनी सेकेण्ड रनर अप र कक्षा ६ की छात्रा काशिस थापा थर्ड रनर अप भएकी थिइन् ।
व्लाइन्ड रक्सकी अध्यक्ष एवं मोटिभेसनल स्पिकर सृष्टि केसीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा चर्चित नृत्य निर्देशक गजित विष्ट र केवीका खत्रीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
महामारीका कारण घरमै बस्न बाध्य विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउने उद्धेश्यले मनोरञ्जनपूर्ण प्रतिस्पर्धात्मक कार्यक्रम संचालन गरिएको विद्यालयका प्रधानाध्यापक द्धारिकानाथ अमगाईँले बताए ।
विद्यालयतहको राष्ट्रिय नृत्य प्रतियोगितालाई टेवा पुगोस् भन्ने उद्धेश्यले भर्चुअल प्रविधिबाटै भए पनि डान्सिङ्ग स्टार- ७ आयोजना गरिएको स्कुलका डाईरेक्टर ध्रुव भट्टराईको भनाई थियो ।