पौष १, काठमाडौं ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अनलाइन माध्यमबाट १४ औँ बृहत् शैक्षिक मेला आयोजना गर्ने भएको छ ।
यही पौष २ गतेदेखि ५ गतेसम्म हुने मेलामा १५० भन्दा बढी परामर्श व्यवसायी सहभागी हुने इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए ।
मेलामा विश्वभरका संस्था, अभिभावक र विद्यार्थीलाई एउटै लिङ्कबाट जोडिन सक्ने प्रबन्ध गरिएको छ ।