शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

२०७८, आषाढ ३१ बिहिवार

  • 1.2K
    SHARES

  • शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

    विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बनेकामा पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । 

    बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयसमेत भएको नित्कर्षका साथ शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेसले लिनुपर्ने निर्णय गरेको विभागका सचिव डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

     

     

    २०७८, आषाढ ३१ बिहिवार०७:४०:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार