चलचित्र अध्यापनमा अब्बल बन्दै नेपाल फिल्म क्याम्पस

चलचित्र अध्यापनमा अब्बल बन्दै नेपाल फिल्म क्याम्पस

२०७८, श्रावण ८ शुक्रवार

  • 5.5K
    SHARES

  • चलचित्र अध्यापनमा अब्बल बन्दै नेपाल फिल्म क्याम्पस

    काठमाडौं । चलचित्र अध्ययनका लागि नेपालमै पनि अन्तरराष्ट्रिय स्तरको अध्यापन हुन थालेको छ । 

    वि.सं.२०७६ सालमा काठमाडौंको गौशाला स्थित पिंगलास्थानमा स्थापित नेपाल फिल्म क्याम्पसले चलचित्र विधाका लागि स्नातक तहमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर अन्तरराष्ट्रिय स्तरको अध्यापन शुरु गरेको हो । 

    ४ वर्षे स्नातक तहका लागि सैद्धान्तिक र प्रयोगात्मक कक्षाको बेजोड मिश्रण रहेको विज्ञहरुले बताउने गरेका छन् ।

    विश्वविद्यालयको पाठ्यक्रम अनुसार ४ वर्षे कोर्सका लागि निर्देशन तथा कथा लेखन, अभिनय, छायांकन, दृश्य सम्पादन र ध्वनि संयोजन तथा उत्पादनका विषयहरु रहेका छन् । 

    Music 4.jpg

    क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम र सुलभ शुल्कमा अध्ययनको व्यवस्था मिलाइएको नेपाल फिल्म क्याम्पसका प्राचार्य शिशिर उप्रेतीले बताएका छन् ।

    चलचित्र बिकास बोर्ड तथा क्याम्पसको आन्तरिक स्रोतहरूबाट विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गरिएको उनको भनाई छ । 

    नेपाली चलचित्रको वृहत्तर विकासका लागि र नेपाली चलचित्रको अन्तरराष्ट्रिय पहिचान निर्माण गर्ने उद्देश्यले प्रेरित भएर क्याम्पस स्थापना गरिएको उप्रेतीले बताएका छन् ।

    प्राविधिक विषय भएकाले अध्ययनरत विद्यार्थीहरुका लागि रोजगारीका अनगिन्ती अवसरहरु सिर्जना हुने प्राचार्य उप्रेतीले भनेका छन् ।  

    Music 3.jpgMusic 2.jpgmusic 5.jpgmusic 1.jpg

    २०७८, श्रावण ८ शुक्रवार०१:३२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार