युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

२०७९, जेठ २ सोमवार

  • 1.2K
    SHARES

  • युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

    काठमाडौं । घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो । 

    युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् ।

    त्यसैगरी केभिन अविनोले १५ रन बनाइन भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् । 

    बलिङमा नेपालका कविता कुँवरले २ विकेट लिईन भने कप्तान रुबीना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक /एक विकेट लिए । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

    २०७९, जेठ २ सोमवार०२:५९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार