सेन्ट लरेन्स कलेजमा अभिभावक, विद्यार्थी र कलेज प्रशासनविच सहमति; आजबाट पठनपाठन शुरु 

सेन्ट लरेन्स कलेजमा अभिभावक, विद्यार्थी र कलेज प्रशासनविच सहमति; आजबाट पठनपाठन शुरु 

२०७९, जेठ १२ बिहिवार

  • 1.9K
    SHARES

  • सेन्ट लरेन्स कलेजमा अभिभावक, विद्यार्थी र कलेज प्रशासनविच सहमति; आजबाट पठनपाठन शुरु 

    काठमाडौं । यौन दुर्व्यवहारमा परेकी नाबालिकाका अभिभावक, सेन्ट लरेन्स कलेज प्रशासन र विद्यार्थीले बिहीबारदेखि पठनपाठन सुचारु गर्ने सहमति गरेका छन् । हिजो बुधबार प्रहरी वृत्त गौशालामा पीडित परिवार, विद्यार्थी र कलेज प्रशासनले आन्दोलन रोकी पठनपाठन सुचारु गर्ने सहमति गरेका हुन् ।

    कलेज प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त बैठकले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीबाट नाबालिगहरु पटकपटक यौन दुर्व्यवहार र यौन हिंसाको शिकार बनेको भन्दै जेठ १० गते मंगलबारबाट उक्त कलेजका विद्यार्थीहरुले गरेको  आन्दोलन रोकेर पठनपाठनलाई सुचारु गर्ने सहमति गरेका हुन् ।

    त्यस्तै आन्दोलनका क्रममा कलेजले कुरा लुकाउनका लागि शुल्क मिनाहा गर्ने भनेर आएको विषयलाई पनि अभिभावकहरुले झुटो रहेको बताएका छन्।

    आन्दोलनका क्रममा सहभागी कुनै पनि विद्यार्थीहरुलाई पूर्वाग्रह नराख्ने तथा परिक्षा नजिक रहेकोले पठन पाठन सुचारु गर्ने सहमति पश्चात आन्दोलन फिर्ता लिएर नियमित कलेज संचालन हुने भएको छ।

    चावहिलको मध्यभागमा रहेको यस कलेजमा विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मको पढाई हुने गर्दछ । कलेजसँग सहमति भएपनि आफुहरु ढुककका साथ छोराछोरीलाई कलेज पठाउन भने खुशी मन नभएको अभिभावकले बताएका छन् । 

    शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विध्यार्थी आन्दोलित

    २०७९, जेठ १२ बिहिवार०९:२१:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार