बेखवर शिक्षक र का.स.मू. !

बेखवर शिक्षक र का.स.मू. !

२०८०, जेठ १९ शुक्रवार

  • 9.8K
    SHARES

  • बेखवर शिक्षक र का.स.मू. !

    काठमाडौं । विद्यालयहरुका शैक्षिक सत्र सकिएर नयाँ शैक्षिक सत्र शुरु हुँदैछ । विद्यार्थी भर्ना अभियान, विद्यालयमा पुस्तक वितरण, सरसफाई रंग रोगन, शैक्षिक सामाग्री निर्माण, दैनिक, त्रैमासिक, वार्षिक कार्ययोजना निर्माण हुँदैछ । अर्थात शिक्षकहरुको दैनिकी हिजो आज अलि व्यस्त छ ।

    शैक्षिक सत्र शुरु भएको बैशाख मसान्त सम्ममा शिक्षकहरुको कार्य सम्पादन मूल्यांकन ( का.स.मू.) फाराम भरेर विद्यालयमा बुझाउनु पर्ने । विद्यालयमा दर्ता गरेको कार्य सम्पादन मूल्यांकन फाराम माथिल्लो तहको प्रधानाध्यापक भए आफुले हाल्नु पर्ने अंक नम्वर हालेर स्थानीय पालिकामा दर्ता गर्नु पर्नेछ । तत्पश्चात स्थानीय तहबाट त्यसको जाँच पडताल गरेर स्थानीय तहले पनि केही अंक हालेर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने र त्यहाँबाट सामाजिक विकास मन्त्रालय अन्तर्गत क्षेत्रीय शिक्षा विकास निर्देशनालयमा पुर्याउने व्यवस्था छ । 

    कहाँ कहाँ त्रुटी हुन सक्छन् ? : - शिक्षकले का.स.मू. फाराम भर्दा फाराममा कतै पनि केरमेट हुनु भएन । विद्यालयमा दर्ता गर्दा ३० गते अगाडि नै गर्नु पर्नेछ । फाराम यदि कतै केरमेट भएमा वा दोहोरो लेखेमा त्यसको शिक्षक सेवा आयोगले मूल्यांकन नै गर्दैन र त्यो शिक्षक स्वत: मर्कामा पर्छ । फाराम भर्दा शिक्षकले, अंक दिंदा प्रधानाध्यापक, स्थानीय पालिका र इकाई प्रमुखले केरमेट गरे वा दोहोरो कलम चलाए वा अन्य केही गरेमा एउटा शिक्षक बढुवाबाट मर्कामा पर्न सक्छ । साथै अर्को कुरा एउटा शिक्षकले भरेको का.स.मू. विद्यालयको प्रधानाध्यापक, स्थानीय पालिका र शिक्षा विकास तथा समन्वय इकाईको टेडो नजर लाग्नासाथ शिक्षक बढुवाबाट वन्चित हुनेछ । 

    कसले कहाँ हस्ताक्षर गर्ने ? :- का.स.मू. मा शिक्षक स्वयमले कहाँ हस्ताक्षर गर्ने त्यसको राम्रो जानकार छ । तर प्रधानाध्यापकले कहाँ कता हस्ताक्षर गर्ने थाहा नहुन सक्छ । सिफारिसकर्ता, पुनरावलोकनकर्ता, सुपरिवेक्षक, प्रधानाध्यापकले गरेको गल्तीले त्यो शिक्षक किन victim हुने । सिफारिसकर्ता, सुपरिवेक्षक, पुनरावोलकनकर्ताले कहाँ कहाँ हस्ताक्षर गर्ने हो त्यो नजानेर हस्ताक्षर गरेको छ भने त्यसको सजाय किन शिक्षकले पाउने ? त्यसकारण शिक्षकले त्यो का.स.मू. हेर्न पाउने व्यवस्था हुनुपर्छ । 

    फाइल कहाँ कहाँ पुग्ने ? :- शिक्षकले भरेको का.स.मू. पहिले विद्यालयमा दर्ता हुने र त्यसपछि स्थानिय पालिका, शिक्षा विकास तथा समन्वय इकाई हुँदै सामाजिक बिकास मन्त्रालय क्षेत्रीय शिक्षा विकास निर्देशनालय हुँदै शिक्षक सेवा आयोग सम्म पुग्छ । त्यहाँ सम्म पुग्दा फाइलमाथि कसैले केरमेट, नियत खराव राखेमा वा गरेमा त्यसको सजाय किन शिक्षकले पाउने ? 

    चेकजाँच कसले गर्ने ? :- शिक्षकले भरेको का.स.मू. कसले जाँच पडताल गर्छन भने पहिलो स्वयम् शिक्षकले गर्ने हो । त्यसपछि कार्यरत विद्यालयका प्रधानाध्यापक नै हो । त्यसैगरि क्रमशस् स्थानीय पालिकाका शिक्षा अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नै हुन् । अन्त्यमा सामाजिक विकास मन्त्रालय अन्तर्गत क्षेत्रीय शिक्षा विकास निर्देशनालयमा कार्यरत कर्मचारी र शिक्षक सेवा आयोग । विचरा शिक्षक सेवा आयोगका पदाधिकारी त गएर त्यहीको कर्मचारीले तयार गरेको अभिलेखमा सही गरेर भत्ता पचाउने बाहेक केही गर्नै सक्दैनन् । 

    नतिजा प्रकाशन गर्दा :- शिक्षक सेवा आयोगले नतिजा प्रकाशन गर्दा प्रदेश स्तरीय सामाजिक विकास मन्त्रालय अन्तर्गत क्षेत्रीय शिक्षा विकास निर्देशनालयमा कार्यरत कर्मचारीले तयार गरेको नामावलि र अंक सहितको सूचिलाई प्रमाणिकरण गर्ने र नतिजा शिक्षक सेवा आयोगले गर्दछ । तर शिक्षकले भरेका का।स।मू। र त्यसमा संलग्न कागजातहरुमा त्यहाँका कर्मचारीले केरमेट गर्ने, झिक्ने, च्यात्ने र हराउने गरेमा त्यसको जानकार शिक्षक स्वयम् हुदैन । त्यस्को अनुगमन गर्ने अर्को कुनै निकाय छैन । त्यसैले पनि धेरै शिक्षक बढुवा हुनबाट वन्चित भएका छन् । 

    निष्कर्ष :- 
    का.स.मू. फाराम हेर्दा सहज भरेर बुझाइ सकेपछि आफैमा जटिल छ । का.स.मू. २ पेजको ४ पातेमा केही व्यक्तिगत विवरण भर्ने र स्वयम् शिक्षकले ४-६ पाने कार्यमूलक अनुसन्धान बाहेक भर्नु र लेख्नु पर्ने केही छैन । त्यसकै आधारमा देखिने अंक शिक्षकलाई थाहा हुन्छ । शिक्षक का.स.मू.मा कती अंक छ ? कहां बिग्रयो यसबारे आम शिक्षक बेखवर छन् । तर धेरै कुरा त विद्यालयका प्रधानाध्यापकले अंक दिने, भर्ने, लेख्ने र हस्ताक्षर गर्नु पर्ने कुरा हुन सक्छ । त्यस बाहेक स्थानीय पालिकाका अधिकारी र जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईले दिने अंकमा कही कतै गिद्देदृष्टि लागेमा लामो र वर्षौवर्ष सम्म शिक्षक बढुवा हुनबाट बन्चित भएका छन् ,भैरहेका छन्, हुनेछन् । अझ गजवको कुरो क्षेत्रीय शिक्षा विकास निर्देशनालयमा कार्यरत का.स.मु. हेर्ने गोप्य शाखाको कर्मचारीको नगद जिन्सीको आडमा ताण्डवनृत्यको अगाडि कसैको केही लाग्दैन । शिक्षकको फाइलमा भएका कागजात च्यातिन्छन, केरिन्छन्, हराइन्छन । यो कसले गर्यो भन्दा मौन बस्छन् । जवाफ दिए भने मैले हैन म भन्दा अगाडिको साथीले भन्छन् अलिक रिसाए भने मसानको मुर्दाले चलायो भनेर भन्न समेत पछि पर्दैनन् । त्यस बारे आम शिक्षक बेखवर त हुने नै भए । 

    शिक्षक संघका नव निर्वाचित उपाध्यक्ष पन्तका अन्य पाठ्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्

    २०८०, जेठ १९ शुक्रवार०८:३१:४६
    प्रतिक्रिया
    सम्बन्धित समाचार